६९० जना कोरोना जितेर अस्पतालबाट डिस्चार्ज..

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, २८ फेब्रुअरी । कोभिड-१९ लाई जितेर ६९० जना अस्पतालबाट डिस्चार्ज भएका छन्। हङकङको अस्पताल प्राधिकरणले ६९० जना कोभिड संक्रमित स्वास्थ्यलाभ गरी अस्पतालबाट डिस्चार्ज भएको जनाएको छ।

२४ घण्टाभित्र कोरोनासंग हारेर थप ८७ जना विरामीले आफ्ना ज्यान गुमाएका छन्। यसरी ज्यान गुमाउनेहरुमा ५१ वर्षदेखि १०० वर्ष उमेरबीचका ५९ पुरुष र २८ महिला रहेका छन्। उनीहरु धेरैजसो वृद्ध र दीर्घ रोगी रहेका छन्। जो वृद्ध वा केयर होममा बस्दै आएका थिए। तिमध्ये १० जनाले कोरोनाविरुद्ध खोप लिएका थिए।

कोरोनाको पाँचौं लहरमा मात्रै मृत्यु हुनेको संख्या ६३६ पुगेको छ। कोरोनाबाट हङकङमा मृत्यु हुनेको कुल संख्या ८४१ पुगेको छ।

सेन्टर फर हेल्थ प्रोटेक्शनका अनुसार आज ३४,४६६ संक्रमित थपिएका छन्। तिमध्ये ४ आयातित रहेका छन्। त्यस्तै, ३ डेल्टा र १९०२ केसहरू ओमिक्रोन भेरियन्टका रहेका छन्। बाँकी केसहरू परीक्षणको क्रममै रहेका छन्।

अस्पताल प्राधिकरणले हङकङका विभिन्न अस्पतालहरूमा कोभिडका ५८८२ बिरामीहरूको उपचार भइरहेको जनाएको छ। पेनी बे आइसोलेसन सेन्टरमा झण्डै ४०२ विरामी रहेका छन्।

४९ जना विरामीको अवस्था चिन्ताजनक र ६६ जना विरामीको अवस्था गम्भीर रहेको प्राधिकरणले जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?
.

.





Comments

comments

48833