हङकङमा थपिए ५५,३५३ कोभिड संक्रमित, थप ११७ जनाको मृत्यु…

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, २ मार्च । हङकङमा आज ५५,३५३ नयाँ पुष्टि भएका कोभिड-१९ को केसहरु थपिएका छन्। यो संख्या हङकङमा अहिलेसम्म कै उच्च रेकर्ड हो।

कोभिड-१९ बाट २४ घण्टाभित्र हङकङमा थप ११७ जना बिरामीको मृत्यु भएको छ।

अस्पताल प्राधिकरणका अनुसार मृत्यु हुनेमा ५८ वर्षदेखि १०० वर्ष उमेरबीचका ७३ पुरुष र ४४ महिला रहेका छन्। मृत्यु हुनेमा बृद्धबृद्धासहित केही मृगौला तथा क्यान्सर रोगले पीडित तथा केही दीर्घ रोगीहरु रहेका छन्।

कोरोनाको पाँचौं लहरमा मात्रै सार्वजनिक अस्पतालमा मृत्यु हुनेको संख्या ९६७ पुगेको छ। कोरोनाबाट हङकङमा मृत्यु हुनेको कुल संख्या ११७२ पुगेको छ।

सेन्टर फर हेल्थ प्रोटेक्शनका अनुसार ५५,३५३ संक्रमितमध्ये २७ आयातित रहेका छन्। २३ जना CX 796 को उडानमार्फत जकार्ताबाट मार्च १ मा हङकङ आएका थिए। जकार्ताबाट आउने CX 796 उडानलाई मार्च ३ देखि मार्च १६ सम्म हङकङमा प्रतिबन्ध लगाएको छ।

संक्रमितमध्ये ६ डेल्टा र १८७६ केसहरू ओमिक्रोन भेरियन्टका रहेका छन्। बाँकी केसहरू परीक्षणको क्रममै रहेका छन्।

अस्पताल प्राधिकरणले हङकङका विभिन्न अस्पतालहरूमा कोभिडका ६४०० बिरामीहरूको उपचार भइरहेको जनाएको छ। पेनी बे आइसोलेसन सेन्टरमा ७६० विरामी रहेका छन्।

६४ जना विरामीको अवस्था चिन्ताजनक र ८८ जना विरामीको अवस्था गम्भीर रहेको प्राधिकरणले जनाएको छ। ५९० जना बिरामी निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?
.

.





Comments

comments

48893