हङकङमा थपिए ५२,५२३ कोभिड संक्रमित, थप १३६ जनाको मृत्यु…

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, ४ मार्च । हङकङमा आज ५२,५२३ नयाँ पुष्टि भएका कोभिड-१९ को केसहरु थपिएका छन्।

कोभिड-१९ बाट २४ घण्टाभित्र हङकङमा थप १३६ जना बिरामीको मृत्यु भएको छ।

अस्पताल प्राधिकरणका अनुसार मृत्यु हुनेमा २९ वर्षदेखि १०२ वर्ष उमेरबीचका ७६ पुरुष र ६० महिला रहेका छन्। मृत्यु हुनेमा केयर होम्समा बस्दै आएका बृद्धबृद्धासहित केही क्यान्सर रोगले पीडित तथा केही दीर्घ रोगीहरु रहेका छन्। मृत्यु भएका २९ वर्षका पुरुष अशक्त थिए र उनी एक अपाङ्ग हेरचाह गृहमा बस्थे।

कोरोनाको पाँचौं लहरमा मात्रै सार्वजनिक अस्पतालमा मृत्यु हुनेको संख्या १३४१ पुगेको छ।

संक्रमितमध्ये ११ आयातित र बाँकी स्थानीय रहेका छन्। १६५३ केसहरू ओमिक्रोन भेरियन्टका रहेका छन्। बाँकी केसहरू परीक्षणको क्रममै रहेका छन्।

५४ जना विरामीको अवस्था चिन्ताजनक र ८५ जना विरामीको अवस्था गम्भीर रहेको प्राधिकरणले जनाएको छ। ४९४ जना बिरामी निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन्।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

48934