हङकङमा २४ घण्टाभित्र थप २४९ जना कोरोना संक्रमित बिरामीको मृत्यु, २६,९०८ संक्रमित थपिए…

एचकेनेपाल डट कम –

हङकङ, १४ मार्च । हङकङमा २४ घण्टाभित्र थप २४९ जना कोरोना संक्रमित बिरामीको मृत्यु भएको छ।

मृत्यु हुनेहरुमा ३९ वर्षदेखि १०५ वर्ष उमेरबीचका १५१ पुरुष र ९८ महिला रहेका छन्। मृत्यु हुनेहरुमा केयर होम्समा बस्दै आएका बृद्धबृद्धासहित केही क्यान्सर, मृगौला रोगले पीडित तथा केही दीर्घ रोगीहरु रहेका छन्।

कोरोनाको पाँचौं लहरमा मात्रै मृत्यु हुनेको संख्या हङकङमा ४०६६ पुगेको छ।

हङकङमा आज २६,९०८ नयाँ पुष्टि भएका कोभिड-१९ को केसहरु थपिएका छन्।

स्वास्थ्य सुरक्षा केन्द्रका डा. चुआंग शुक क्वानका अनुसार संक्रमितमध्ये – आयातित, १ डेल्टा र ४३६ केसहरू ओमिक्रोन भेरियन्टका रहेका छन्। बाँकी केसहरू परीक्षणको क्रममै रहेका छन्।

९१ जना विरामीको अवस्था चिन्ताजनक र ११२ जना विरामीको अवस्था गम्भीर रहेको प्राधिकरणले जनाएको छ। ३७५ जना बिरामी निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन्।





Comments

comments

49152