दक्षिण कोरियामा एकैदिन तीन लाखभन्दा बढी कोरोना सङ्क्रमित

सोल, दक्षिण कोरियामा एकै दिनमा तीन लाखभन्दा पनि धेरै कोरोनाभाइरसका सङ्क्रमित भेटिएका बताइएको छ।

प्राप्त समाचारअनुसार यहाँ सोमबार गएको २४ घण्टा यतामात्र तीन लाख नौ हजारभन्दा बढी कोरोना सङ्क्रमित पाइएको यहाँका स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन्।

यहाँका अधिकारीहरुले सम्भवत यो सङ्ख्या अहिलेसम्मकै सबैभन्दा धेरै कोरोना भाइरसका सङ्क्रमितहरु भएको पनि बताएका छन् । यहाँको रोग नियन्त्रण तथा निवारण एजेन्सीले सो कुराको जानकारी दिएको हो । सो एजेन्सीका अनुसार यहाँ गएको २४ घण्टा यतामात्र तीन लाख नौ हजार ७९० जना कोरोना सङ्क्रमित देखिएका छन्।

सो निकायका अनुसार अहिलेसम्म यहाँ ६८ लाखभन्दा बढी कोरोना सङ्क्रमित पाइएका हुन् । यहाँ पछिल्ला केही दिनमा दैनिक एक लाखभन्दा बढीको सङ्ख्यामा सङ्क्रमित देखिने गरेका छन् । यहाँका अधिकारीहरुले कोरियामा पछिल्ला हप्ताहरुमा कोरोनाको ओमिक्रोन भेरियन्ट निकै विस्तारित भएको बताएका छन्।

उनीहरुले नागरिकहरुले पूर्ण मात्रामा खोप लगाएकाले उनीहरुमा मृत्युदर कम रहेको तर पछिल्लो समयमा ओमिक्रोनको प्रकोप भने बढ्दै गएको बताएका छन्। रासस / सिन्ह्वा





Comments

comments

49148