हङकङमा भूकम्पको धक्का महसुस..

एचकेनेपाल डट कम –

हङकङ, १४ मार्च । हङकङमा भूकम्पको धक्का महसुस भएपछि ८ हजारभन्दा बढी नागरिकले हङकङ अब्जर्भेटरीलाई आपतकालीन चेतावनी नदिएको भन्दै रिपोर्ट गरेका छन्।

सोमवार बिहान करिब २.३० बजेतिर हङकङ, काउलुन र न्यू टेरिटोरीका धेरै नागरिकहरूले करिब २ देखि ५ सेकेन्डसम्म भूकम्पको धक्का महसुस गरेको र निद्राबाट ब्युँझिएको जानकारी दिए।

हङकङ अब्जर्भेटरीले पूर्व जानकारी र ‘इमर्जेन्सी अलर्ट’ नपठाएको भन्दै नागरिकले चिन्ता व्यक्त गरेको स्थानीय मिडियाले उल्लेख गरेको छ।

हङकङ अब्जर्भेटरीको प्रारम्भिक विश्लेषणले दक्षिणपूर्वी चीनको तटीय क्षेत्रमा बिहान २.२९ बजे ४.१ म्याग्निच्युडको भूकम्प गएको देखाएको छ। केन्द्रबिन्दु 22.51N, 115.04E, हङकङको लगभग ९२ किलोमिटर पूर्व-उत्तरपूर्वमा अवस्थित रहेको छ।





Comments

comments

49142