माओवादीका प्रमुख सचेतक ठम्मर विष्ट एमाले प्रवेश

काठमाडौं, नेकपा माओवादी केन्द्र कर्णाली प्रदेशका प्रमुख सचेतक ठम्बरबहादुर विष्ट एमाले प्रवेश गरेका छन्।

उनलाई एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आइतबार वीरेन्द्रनगरमा आयोजित एक कार्यक्रममा पार्टी प्रवेश गराएका हुन्।

एमाले प्रवेश गर्ने भएपछि नेकपा (माओवादी केन्द्र) ले कर्णाली प्रदेशसभा दलका प्रमुख सचेतक ठम्मर विष्टलाई निलम्बन गरिएको थियो।

आफ्नो पदबाट राजीनामा बुझाएपछि प्रदेशसभा दलका नेता तथा पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा फागुन ३ गते बसेको बैठकले उनलाई राजीनामा फिर्ता लिएर नियमित कार्यमा क्रियाशील हुन निर्देशन गरेको थियो।

इमेलबाट प्रमुख सचेतक विष्टले फागुन २७ गते प्रदेशसभा सदस्यबाट राजीनामा दिएका थिए।





Comments

comments

49273