Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

अस्तव्यस्त विमानस्थल

काठमाडौं,फागुन २५ – चार दिनपछि अन्तर्राष्ट्रिय उडान–अवतरण सञ्चालनमा आएसँगै जहाज र यात्रु चाप ह्वात्तै बढ्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थल आइतबार दिनभरि अस्तव्यस्त बनेको छ।

विभिन्न देशबाट आएका जहाज एकैचोटी राजधानी भित्रिँदा अवतरणका निम्ति समय मिलाउन विमानस्थललाई हम्मे परेको थियो। अन्तर्राष्ट्रिय उडानका जहाज लामो समय आकाशमा घुमिरहन बाध्य भए।

अवतरणपछि पनि यात्रुको चाप व्यवस्थापन गर्न विमानस्थल कार्यालय असफल रह्यो। जहाज अवतरण गरेको तीन–चार घन्टासम्म सामान आइनपुगेर यात्रु अन्योलमा थिए। विमानस्थल व्यवस्थापनले यात्रुको चापबमोजिम पर्याप्त ट्रलीसमेत जुटाउन सकेको थिएन। ट्रली खोज्न यात्रुहरुले आफैं बाहिर निस्कनुपरेको समाचार आजको नागरिक दैनिकले छापेको छ।

सामान्य दिनमा औसत ८० उडान–अवतरण हुने मुलुकको एकमात्र अन्तर्राष्ट्रिय विमास्थलमा आइतबार बिहान ६ देखि सोमबार बिहान ६ बजेसम्म १३० उडान –अवतरण हुनेछन्।

फोटोः @kundadixit





Comments

comments

4937