१०४ औ अन्तर्राष्ट्रिय नारी दिवसको शुभकामना!!!

१०४ औ अन्तर्राष्ट्रिय नारी दिवसको उपलक्ष्यमा संसारभरका नारीहरुको सम्मान, हौसला र हक अधिकारको लागि हार्दिक शुभकामना!!!

जागौ उठौ दिदीबहिनी … संसारमा लम्कन।
ब्युझौ बुझौ दिदीबहिनी …हाम्रो ईतिहास कोर्न।

महिला हिम्सा अन्त गर्न …. बराबर अधिकार लिन।
अन्धकारमा ज्योति दिन…संसारमा शान्ति ल्याउन।
जागौ उठौ दिदीबहिनी … संसारमा लम्कन।
ब्युझौ बुझौ दिदीबहिनी …हाम्रो ईतिहास कोर्न।

तिमि बिना अधुरो छ…. सधै यो संसार …।
सपनाहरु पुरा गर्न … पाईलाहरु अघि सार।
जागौ उठौ दिदीबहिनी … संसारमा लम्कन।
ब्युझौ बुझौ दिदीबहिनी …हाम्रो ईतिहास कोर्न।
हाम्रो ईतिहास कोर्न। – २

बिष्णु गुरुङ “एकता”
क्यालिफोर्निया, अमेरिका

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

4944