Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

डिसीमा १ सय ५ औं अन्तर्राष्ट्रिय नारी दिवस सम्पन्न

विजय थापा / एचकेनेपाल डट कम –
फाल्गुन २५, डिसी। डिसी महानगर क्षेत्रमा स्थापना भएको अमेरिका नेपाल महिला सघ(आन्वा )को आयोजनामा १ सय ५ औ अन्तर्राष्ट्रिय नारी दिवस भब्यताको साथ सम्पन्न भएको छ।

स्थापना कालदेखि नै नारी दिवस मनाउदै आएको र नारीका बिषय सम्बन्धि केन्द्रित गर्ने गरेको भएता पनि यस पटक आन्वाले अलिक पृथक शैलीमा प्रस्तुति गरेको छ। बिजया शाहको सभापतित्वमा भएको कार्यक्रममा शाहले मन्तब्य राख्दै पहिलो उदासी (डिप्रेसन) तथा आत्महत्या, दोश्रो घरेलु हिंसा र तेश्रो एमआरपी राहदानी सम्बन्धि ३ वटा कुराहरुमा केन्द्रित रहने जानकारी दिनु भयो।

कार्यक्रममा एमआरपी राहदानी सम्बन्धि जानकारी दिदै नेपाली दूताबासका कन्सलर नारायणप्रसाद मैनालीले सन् १९९० को राजनैतिक परिवर्तनपछि महिलाहरुका बिषयमा धेरै कुरा परिवर्तन भएको चर्चा गर्दै महिलाहरुले पुरुष वर्गलाई दवाब सृजना गर्नु पर्यो भन्ने विचार राख्नु भयो।

एनआरएन अमेरिकाका वरिष्ठ उपाध्यक्ष लोकनाथ तिवारीले महिलाले ८० देखि ९० प्रतिशत महिलाले काम गरेर घर आए पनि घर महिलाले नै धान्ने देखिएको चर्चा गर्दै एनआरएन अमेरिका र दूतावास मिलेर एमआरपी राहदानी बिषयसंग सहकार्य गरि रहेको बताउनु भयो।

संचारकर्मी तथा एनआरएन आईसीसीका सल्लाहकार राम खरेलले नारी दिवसको सफलताको लागि शुभकामना दिदै अक्टोबर २०१५ मा एनआरएनको सम्मेलन हुने बारेमा जानकारी दिनु भयो।

कार्यक्रममा डा श्याम कार्कीले आत्महत्या रोकथाम र (डिप्रेसन) उदासी व्यवस्थापन सम्बन्धि बिशेष जानकारी दिदै अमेरिकामा सबै भन्दा ज्यादा ४५-५४ वर्षका मानिसले करिब १९ प्रतिशत आत्महत्या गरेको तथ्यांक दिनु भएको थियो।

यसै गरि अमेरिकामा सबै भन्दा आत्महत्या गर्ने राज्यहरुमा अलास्का र मोनटाना भएको बताउदै अमेरिकामा मानिसले सबै भन्दा ज्यादा बन्दुकले गरेको अनुसन्धानले देखाएको छ भन्नु भयो। आत्महत्या गर्ने व्यक्तिले योजना बनाएर नै आत्महत्या गर्छ भन्नु भयो।

आन्वाकी महासचिब तथा कानुनी ब्यबसायी बन्दिता शर्मा दाहालले महिला हिंसा बारेमा बोल्नु हुदै जीवनमा ३ जना महिला मध्ये १ जना महिला घरेलु हिंसा परेका हुन्छन्। महिला हिंसाका बिबिध जानकारी दिदै नेपाली समुदायमा पनि घरेलु महिला हिंसा छ भन्दै कसरी यसलाई समाधान गर्न सकिन्छ त्यो कुरा मुख्य हो। जति सुकै पीडा र पुरुषबाट महिला प्रताडित भए पनि हाम्रो संस्कार ,समाज ,संस्कृति आदिको कारण हाम्रा दिदीबहिनीहरु सहेर बसेका कैयौ घटना भएका छन् भन्नु भयो। मुलुक छोडेर परदेशमा आएपछि पुरुष वर्गले त्यो संस्कार छोड्नु पर्ने हुन्छ। अमेरिकामा अझ पनि घरेलु हिंसा धेरै छ र अझ जिवितै छ भन्नु भयो।

नारी दिवसमा प्रश्न उत्तरको कार्यक्रम पनि राखिएको थियो। संस्थाकी पूर्वअध्यक्ष बिष्णु कुमारी थापाले बेइजिङ्ग बिश्व महिला सम्मेलनले महिला वर्गमा ठूलो परिवर्तन ल्याएको छ भन्दै आफू त्यो सम्मेलनमा सहभागी भएको जानकारी दिनु भयो। कार्यक्रममा संस्थाकी पदाधिकारी सरल पाण्डेले नारी दिवसको उपलक्ष्यमा महिलाहरुलाई हौसला प्रदान गरि दिने सबैलाई धन्यबाद दिनु भएको थियो।





Comments

comments

4948