हङकङमा आज ८,८४१ संक्रमित थपिए, १४४७ जना बिरामी निको भए..

एचकेनेपाल डट कम –

हङकङ, २६ मार्च । हङकङमा आज ८,८४१ नयाँ पुष्टि भएका कोभिड-१९ को केसहरु थपिएका छन्। गत फेब्रुअरी २५ पछि संक्रमितको संख्या चार अंकमा झरेको यो पहिलो पटक हो।

स्वास्थ्य सुरक्षा केन्द्रका डा. अल्बर्ट औका अनुसार संक्रमितमध्ये ६ आयातित, ० डेल्टा र १,३२४ केसहरू ओमिक्रोन भेरियन्टका रहेका छन्। बाँकी केसहरू परीक्षणको क्रममा रहेका छन्। पाँचौं लहरमा मात्रै कोरोना संक्रमितको संख्या १११७,८३९ पुगेको छ।

हङकङमा २४ घण्टाभित्र थप ११४ जना कोरोना संक्रमित बिरामीको मृत्यु भएको छ।

मृत्यु हुनेहरुमा ३ वर्षदेखि १०६ वर्ष उमेरबीचका ६५ पुरुष र ४९ महिला रहेका छन्। मृत्यु हुनेहरुमा आवासीय केयर होम्समा बस्दै आएका बृद्धबृद्धासहित केही क्यान्सर, मृगौला रोगले पीडित तथा केही दीर्घ रोगीहरु रहेका छन्। मस्तिष्कमा गम्भीर समस्या रहेको ३ वर्षीय बच्चालाई नियमितरुपमा अस्पताल ल्याउंने लैजाने गराइदै आएको थियो।

कोरोनाको पाँचौं लहरमा मात्रै मृत्यु हुनेको संख्या हङकङमा ६८८८ पुगेको छ।

५१ जना विरामीको अवस्था चिन्ताजनक र ६० जना विरामीको अवस्था गम्भीर रहेको प्राधिकरणले जनाएको छ। गम्भीर अवस्थामा रहेका १०५ बिरामीको आईसीयूमा उपचार भइरहेको छ। १४४७ जना बिरामी निको भएर अस्पतालबाट घर फर्केका छन्।

यसैबीच, अस्पताल प्राधिकरणअन्तर्गतका २०,६७७ भन्दा बढी कर्मचारीमा कोभिड–१९ पोजेटिभ देखिएको छ। तीमध्ये १७,०१८ निको भएर काममा फर्किएका छन्।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

49451