तारेखमा रिहा गर्न पल शाहको माग..

अभिनेता पल शाहले जिल्ला अदालत तनहुँको आदेशविरुद्ध मंगलबार उच्च अदालत पोखरामा रिट दायर गरेका छन्।

आफूलाई थुनामा राख्ने आदेशविरुद्ध अभिनेता पल शाहले रिट दर्ता गराएको अदालतका उप–रजिस्ट्रार तथा सूचना अधिकारी विष्णुप्रसाद आचार्यले जानकारी दिए।

शाहले जिल्ला अदालत तनहुँको थुनामा पठाउने आदेश बदर गरी तारेखमा रिहा गर्न माग गरेका छन्।

नाबालिगलाई जबरजस्ती करणी गरेको अभियोगमा शाहलाई चैत १० गते जिल्ला अदालत तनहुँले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो।





Comments

comments

49500