Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

एमाओवादीको ८० विघा जमिन विप्लव माओवादीको कब्जामा

काठमाडौं, फागुन २६ – विप्लव नेतृत्को नेकपा माओवादीले बाँकेमा करिब ८० बिघा जमिन कब्जा गरेको घोषणा गरेको छ। उढरापुर गाविसस्थित सिमलघारीमा टन्डन परिवारको ५० बिघा र पत्तेपुर ७ पलुनियामा शान्तिदेवी बर्मा, पुनम शर्मा र ज्ञानु बिष्टका नाममा रहेको २९ बिघा जमिन कब्जा गरेको उक्त पार्टीले जनाएको हो।

‘अख्तियारको आँखा छल्न एमाओवादी इन्चार्ज प्रकाश सुवेदी चन्द्रकान्तले फत्तेपुरमा आफ्नी बुहारी नातापर्ने शर्मा र बिष्टका नाममा उक्त जमिन नामसारी गरिदिएका थिए,’ जग्गा कब्जाको घोषणा गर्दै माओवादी क्षेत्र नं. २ का इन्चार्ज सन्तोष बस्नेतले भने,‘बर्सौदेखि जोतभोग गर्दै आएका किसानलाई बेदखल गर्न खोजिएपछि जग्गा कब्जा गरिएको हो।’

चन्द्रकान्तले जग्गा जोतभोग गर्दै आएका किसानसँग किर्ते गरेर बेदखल गराएको बस्नेतको आरोप छ। बर्माका नाममा ८–८ बिघा जमिनमा माओवादीले सोमबार पार्टीको झन्डा गाडेर कब्जाको घोषणा गरेको समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ।





Comments

comments

4954