Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

एयरपोर्टले बदनाममात्र होइन, जोखिम पनि बढायो

काठमाडौं, फागुन २६ – राजनीतिक मात्र होइन, हरेक क्षेत्रमा विश्वमा नेपालको बारेमा गलत खबर मात्र फैलिरहेका छन्। पर्यटनको क्षेत्रमा बेला–बेला नेपालको सकारात्मक प्रचार भए पनि नेपाल विश्वमै धेरै विमान दुर्घटना हुने देशका रुपमा बदनाम भइरहेको छ।

गत साता टर्किस एयरलाइन्स रनवेमा चिप्लिदा चार दिनसम्म विमानस्थल बन्द भयो। जसले नेपालको ठूलै बदनाम भयो। कमिसनका कारण देशको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षा थ्रेट बढेको छ। एयरपोर्ट छेउछाउमा बन्न थालेका गगनचुम्बी महलहरुले गर्दा हवाई क्षेत्रमा असुरक्षाको चिन्ता थपिएको छ।

विमानस्थलको चारै क्षेत्रमा धमाधम अग्ला भवनहरु बढिरहेका छन्। जुन आन्तरिक उडानका लागि समस्याका रुपमा देखिन थालेका छन्। नेपाल नागरिक उड्नयन प्राधिकरणले पनि दुईवटा भवन भत्काउनका लागि महानगरपालिकालाई पत्राचार गरिसकेको छ। प्राधिकरणका महाप्रवन्धक रतिचन्द्रलाल सुमनका अनुसार सिनामंगल चोक र कोटेश्वरको भवन भत्काउनका लागि महानगरपालिकालाई करिब तीन साताअघि पत्राचार भइरहेको समाचार आजको दृष्टि साप्ताहिकले छापेको छ। तर, भवन निर्माण रोकिएको छैन, रातिराति काम गरेर निर्माण प्रक्रियालाई अघि बढाइएको छ।

सबैभन्दा ठूलो खतरा कोटेश्वरमा ट्राफिक वृत्त पछाडि बनिरहेको सिटी टावरले दिएको छ। आठ तले उक्त भवनमाथि पनि अहिले रेस्टुरेण्टका लागि भनेर पिलर ठोक्ने काम भइरहेको छ।





Comments

comments

4952