हङकङमा आज ३,७०६ संक्रमित थपिए, ८७१ जना बिरामी निको भए..

एचकेनेपाल डट कम –

हङकङ, ३ अप्रिल । हङकङमा कोरोना विस्तारै घट्दै जाँदा आज ३,७०६ नयाँ पुष्टि भएका कोभिड-१९ को केसहरु थपिएका छन्।

स्वास्थ्य सुरक्षा केन्द्रका डा. चुआङ शुक-क्वानका अनुसार संक्रमितमध्ये १० आयातित, ० डेल्टा र १,२२५ केसहरू ओमिक्रोन भेरियन्टका रहेका छन्। बाँकी केसहरू परीक्षणको क्रममा रहेका छन्। पाँचौं लहरमा कोरोना संक्रमितको संख्या ११,५८,७९१ पुगेको छ।

हङकङमा २४ घण्टाभित्र थप ९६ जना कोरोना संक्रमित बिरामीको मृत्यु भएको छ।

मृत्यु हुनेहरुमा ४३ वर्षदेखि १०९ वर्ष उमेरबीचका ४९ पुरुष र ४७ महिला रहेका छन्। मृत्यु हुनेहरुमा आवासीय केयर होम्समा बस्दै आएका बृद्धबृद्धासहित केही क्यान्सर, मृगौला रोगले पीडित तथा केही दीर्घ रोगीहरु रहेका छन्।

कोरोनाको पाँचौं लहरमा मात्रै मृत्यु हुनेको संख्या हङकङमा ७,९५९ पुगेको छ।

९ जना विरामीको अवस्था चिन्ताजनक र १७ जना विरामीको अवस्था गम्भीर रहेको प्राधिकरणले जनाएको छ। गम्भीर अवस्थामा रहेका ७८ बिरामीको आईसीयूमा उपचार भइरहेको छ। ८७१ जना बिरामी निको भएर अस्पतालबाट घर फर्केका छन्।

यसैबीच, अस्पताल प्राधिकरणअन्तर्गतका २१,२३९ भन्दा बढी कर्मचारीमा कोभिड–१९ पोजेटिभ देखिएको छ। तीमध्ये १९,०९४ निको भएर काममा फर्किएका छन्।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

49629