Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

बलात्‍कारपछि मृत्यु भएकी ८ वर्षीया बालिका पूजाको अन्त्येष्टि

बारा, चैत १- बलात्कारपछि मृत्यु भएकी कलैया ८ की सात वर्षीया बालिका पूजा साहको शनिवार अन्त्येष्टि गरिएको छ।


फाइल फोटोः

उनकाे शव सडकमा राखेर पाँच दिनदेखि आन्दोलित पक्ष, पीडित परिवार र स्थानीय प्रशासन तथा प्रहरीबीच सहमति भएपछि शनिवार राति शव अन्त्येष्टि गरिएको हो।

सरकारले आन्दोलनको चौथो दिनमा मन्त्रिपरिषद्को बैठकबाट पीडित परिवारप्रति सहानुभुति प्रकट गर्दै राहतको लागि स्थानीय प्रशासनलाई निर्देशन दिएपछि वार्ताको वातावरण मिलेर सहमति बनेको समाचार कान्तिपुर दैनिकले छापेको छ। बालिकाको पसाहा खोलामा गरिएको अन्त्येष्टिमा हजारौंको सहभागिता थियो।





Comments

comments

4968