Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

वेबसाइटमार्फत यौन व्यापार गर्ने पक्राउ

ललितपुर, चैत्र १ – वेबसाइटमार्फत अश्लील यौनजन्य व्यापार गरेको अभियोगमा एकजना पक्राउ परेका छन्।

बाँके नेपालगन्ज उपमहानगरपालिका १२ घर भई कुसुन्ती बस्दै आएका २८ वर्षीय सरोज चौधरीलाई प्रहरीले शुक्रबार पक्राउ गरेको समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ।

यौन सम्पर्क र यौन आनन्दका लागि विभिन्न प्रकारका एस्कर्ट उपलब्ध गराउने भन्दै वेबसाइट खोलेपछि उनलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

‘आकर्षक महिलाहरूको आकृति भएको फोटो राखेर सामानको दररेट तोकी सम्पर्कका लागि इमेल ठेगाना, फोन नम्बर समेत उपलब्ध गराएको थियो,’ प्रहरी बुलेटिनमा भनिएको छ।





Comments

comments

5060