Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

नायिका झरना बज्राचार्यको मलेसियन व्यापारीसँग बिहे

ललितपुर, चैत्र १ – नेपाली फिल्म क्षेत्रमा ‘ब्रेन विथ ब्युटी’ को उपमा पाएकी पूर्व मिस नेपाल एवं अभिनेत्री झरना बज्राचार्य विवाह बन्धनमा बाँधिएकी छिन्।


फोटोः @Nagarik_news

भारतीय मूलका मलेसियन व्यापारी राहुल अग्रवालसँग उनको विवाह बिहीबार आफ्नै निवास सीतापाइलामा सम्पन्न भएको हो। विवाहमा झरनाका परिवार सदस्य र नजिकका साथीहरु मात्र उपस्थित थिए। विवाहको औपचारिक कार्यक्रम सम्पन्न भएपछि झरना र राहुलका आफन्त एवं साथीहरुलाई सोल्टी होटलमा पार्टी दिइएको समाचार नागरिक दैनिकमा प्रकाशित छ।

झरना-राहुल सेफ ल्यान्डिङ चलचित्र निर्माणका क्रममा साढे तीन वर्षअघि भेट भएका थिए। त्यसयता मलेसियामा रेष्टुराँ व्यापार गर्दै आएका राहुलको काठमाडौं आउजाउ बाक्लिएको थियो।

अहिले उनीहरु हनिमुनका लागि मुस्ताङतर्फ लागेका छन्। पोखरामा उनीहरुले होटल बाराहीमा एक रात बिताएका थिए।

सन् १९९७ की मिस नेपाल झरनाले ‘कोही मेरो’ सहित करिब तीन दर्जन नेपाली फिल्महरुमा अभियन गरेकी छिन्। उनको अभियनयका म्युजिक भिडियोलाई दर्शकले निकै मन पराउने गरेका छन्।





Comments

comments

5067