गाडीको ठक्करबाट कोलोराडोमा नेपालीको मृत्यु, अन्तिम संस्कार सम्पन्न गर्न सहयोगको लागि अपिल

नातिबाबु भट्ट / एचकेनेपाल डट कम –

कोलोराडो अमेरिका, कोलोराडो बोल्डर निवासी देवराज सापकोटाको बाटो काट्ने क्रममा अप्रिल १९ तारिखका दिन गाडीले ठक्कर दिदा मृत्यु भएको बोल्डर काउन्टी कोरोनरको कार्यालयले जनाएको छ।

बोल्डरस्थित काठमाडौं रेष्टुरेन्टमा कार्यरत देवराजलाई लुइजभिलस्थित यूएस ३६ मा बाटो काट्ने क्रममा गाडीले ठक्कर दिदा मृत्यु भएको कोलोराडो स्टेट पेट्रोल टुपर गेरी कट्लरले जनाएका हुन्।

सापकोटाका नजिकको आफन्त यहाँ कोही नभएका कारण पोष्टमार्टम भई सके पनि पार्थिव शरीर कसैलाई हेर्न दिईएको छैन।

धादिङ जिल्ला निलकण्ठ नगरपालिका ४ अल्छीडाडा घर भएका सापकोटा भाग्यको खोजिमा ६ बर्ष आगाडि अमेरीका आई पुगेका थिए।

घरमा ८० बसन्त पार गरेका आमा बुबा, श्रीमती र सानो छोरालाई छोडेर अमेरिका आएका सापकोटाको निधनको खवरले परिवारमा ठूलो बज्रपात परेको छ।

उनको अन्तिम दाह संस्कार सम्पन्न गर्न उनको परिवारलाई नेपालबाट झिकाउने पहल भईरहेको एनआरएन कोलोराडो च्याप्टरका अध्यक्ष आरसी पन्तले बताएका छन्।

यी सबै प्रकृया सम्पन्न गर्न कोलोराडोस्थित सबै सामाजिक संघ संस्था, समाजसेवीहरुको सुझाव अनुसार आर्थिक सहयोग संकलन गर्न धादिङ नेपाली समाज अमेरिका र एनआरएन कोलोराडो च्याप्टरको संयुक्त नाममा गोफण्ड मी खोल्ने निर्णय भए अनुसार गोफन्ड मी खोलिएको अध्यक्ष पन्तले बताएका छन्।

उनले नेपाली समुदायमा परेको यस दुःखद घडीमा यस समस्याको समाधान गर्न यथासक्य साथ र सहयोगको लागि सबैसंग अनुरोध गरेका छन्।

https://www.gofundme.com/f/devraj-sapkota-accident?utm_campaign=p_lico+share-sheet&utm_medium=copy_link&utm_source=customer





Comments

comments

50106