रिसाललाई नइ कीर्तिनिधि र प्रा डा भट्टराईलाई नइ चन्द्रधन पुरस्कार दिइने

नइ प्रकाशनले नेपालमा स्तरीय शिक्षा प्रणालीका लागि गुरुत्तर भूमिका निर्वाह गरी शिक्षासेवामा समर्पित शिक्षाविद् डा सुरेशराज शर्मालाई २०७८ सालको ‘नइ देरुनीख सुकीर्ति पुरस्कार’ समर्पण गर्ने निर्णय गरेको छ।

प्रकाशनका अध्यक्ष इन्दिरा प्रसाईका अध्यक्षतामा बसेको प्रकाशनको बैठकले सनातन हिन्दूधर्म, संस्कृतिको सम्वर्द्धन, संरक्षण तथा जागरणका लागि क्रियाशील प्रा डा माधव भट्टराईलाई ‘नइ चन्द्रधन पुरस्कार’ समर्पण गर्ने निर्णय पनि गरेको छ।

नेपालको स्वाभिमान, राष्ट्रिय अखण्डता र स्वतन्त्रता विषयक चिन्तन र प्रचारमा सदैव समर्पित भई मातृभूमिप्रति गरेको विशिष्ट योगदानका निम्ति वरिष्ठ पत्रकार भैरव रिसाललार्ई ‘नइ कीर्तिनिधि पुरस्कार’ समर्पण गरिने भएको प्रकाशनका सदस्यसचिव नरेन्द्रराज प्रसाईले विज्ञप्ति जारी गरी जानकारी दिए।

यस्तै सामाजिक जागरण र जनचेतनाका लागि हास्यव्यङ्यमार्फत देशदेशान्तरमा नेपाली भाषालाई जनप्रिय बनाउन उद्यत कलाकार सन्तोष पन्तलाई ‘नइ भूपालदुर्गा पुरस्कार’, नेपाली समालोचनाको परम्परालाई गतिशील, समृद्ध र उन्नत तुल्याउन योगदान गरेबापत प्रा डा दयाराम श्रेष्ठलाई ‘नइ ईश्वर बराल पुरस्कार’, स्वास्थ्य विज्ञानमा समर्पित रहँदै नेपालमा टेष्टट्युब चिकित्साको गुरुत्तर भूमिका, सफल प्रयोग र योगदानका लागि डा भोला रिजाललाई ‘नइ भावी पुरस्कार’ र गीतिकविता लेखनका माध्यमबाट नेपाली भाषालाई जनप्रिय बनाई जनमन छुन सफल प्रेमविनोद नन्दनलाई ‘नइ कोइलीदेवी पुरस्कार’ समर्पण गरिने भएको छ।

मैथिली तथा नेपाली भाषासाहित्यको श्रीवृद्धिमा योगदान पु¥याई नेपाली राष्ट्रिय एकताको सुदृढीकरणका निम्ति उल्लेखनीय भूमिका खेलेबापत डा रामदयाल राकेशलाई भने ‘नइ भाजप पुरस्कार’ दिइने छ। आठै पुरस्कार ताम्रपत्रसहित जनही रु एक लाख राशिको हुने जनाइएको छ। रासस

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

50535