Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

जसले फिर्ता गरे सडकमा भेट्टाएको एक लाख

धुलिखेल, चैत २ – एक लाख रुपैयाँको बिटो सडकमा भेट्टाउनुभयो भने तपाईं के गर्नुहुन्छ? एक लाख खर्च गर्ने सबैका आ–आफ्नै उपाय होलान्। काभ्रे भूमिडाँडा–७ का हरिप्रसाद हुमागाईं दम्पती भने भेट्टाएको एक लाख रुपैयाँको बिटो सम्बन्धित व्यक्तिलाई नै फिर्ता गरेर उदाहरण बनेका छन्।

पत्नीले भेट्टाएको एक लाख रुपैयाँको बिटो हरिप्रसादले आइतबार सम्बन्धित व्यक्ति रामेछाप भलुवाजोर–२ घर भई भक्तपुर कौशलटार बस्दै आएका टिपर व्यवसायी अर्जुनबहादुर थापालाई बुझाए। उनले बनेपास्थित चेष्टा साप्ताहिक पत्रिकाको कार्यालयमा आएर उक्त रकम थापालाई दिए।

‘भेट्टाएको पैसा हराउने व्यक्तिलाई फिर्ता गर्न पाउँदा निकै नै आनन्द महसुस भएको छ,’ हरिप्रसादले पैसा फिर्ता गरेपछि भने,‘भेट्टाएको पैसाले जीवन चल्दैन भनेर फिर्ता गरेका हौं। आफैंले परिश्रम गरेर परिवार चलाइरहेका छौं।’

हरिप्रसादकी पत्नी गोमाले शुक्रबार अपराह्न ३ बजेतिर बनेपाबाट १० किलोमिटर जति टाढा भूमिडाँडास्थित सडकमै एक लाख रुपैयाँको बिटो भेट्टाएकी थिइन। आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ। पति घर फर्केपछि उनले त्यो खबर सुनाइन्। ‘मैले यो पैसाले के गर्छौ भनेर सोधें। उनले सम्बन्धित व्यक्तिलाई नै दिनुपर्छ भनिन्,’ हरिप्रसादले भने। कुनै गरिबले ऋणमा लिएको उक्त पैसा हराएको पीरले आत्महत्या गर्ने हो कि भन्ने डरले रातभर निन्द्रा नलागेको हरिप्रसादले बताए।





Comments

comments

5082