Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

गोरखा सैनिक कटौती गर्ने बेलायतको तयारी

काठमाडाैं, चैत्र २ – एजेन्सी: गोरखाहरुले बेलायती सेनामा काम थालेको २ सय वर्षगाँठको खुसियाली यो गर्मीमा मनाउने तयारी गरिररेहका बेला बेलायतले भने भारीमात्रामा गोरखा सैनिक कटौती गर्ने तयारी थालेको छ।


फोटो: एजेन्सी

बेलायतको चर्चित पत्रिका डेली एक्सप्रेसले बेलायती सेनामा रहेका गोरखाहरुमध्ये एक बटालियन अर्थात ६ सय जना गोरखा सैनिकहरु पहिलो चरणमा कटौतीमा पर्ने सक्ने समाचार आइतबार प्रकाशित गरेको छ।

बेलायत सरकारको सैनिक संख्या घटार्इ ‘स्लिम’ बनाउने योजना अन्तर्गत पहिलो चरणमा करिब ६ सय जना गोरखा सैनिकहरु यो योजनाबाट कटौतीमा पर्न सक्ने सो समाचारमा उल्लेख गरिएको छ। बेलायती सेनाका पूर्व मेजर जनरल मार्क कार्ल्टन स्मिथले बेलायती सेनाको नयाँ संरचनाबारे बनाएको मोडलको ड्राफ्ट अनुसार सो गोरखा सैनिकहरु कटौती गर्न लागिएको समाचार अन्नपूर्णपोष्ट प्रकाशित गरेको छ। कटौतीमा सबैभन्दा पहिले गोरखाहरुकै पहिलो बटालियनका सदस्यहरु पर्ने अनुमान गरिएको छ।

बेलायत सरकारले सेनाको संख्यालार्इ घटाएर ६० हजारमा झार्ने तयारी गरेको सो समाचारमा उल्लेख गरिएको छ। डेली एक्प्रेसले मार्क कार्ल्टन स्मिथको मोडल अनुसार बेलायत सरकार कार्यान्वयनमा उत्रेमा आगामी तीन वर्षभित्रमा एक हजार ५ सय गोरखा सैनिक घट्नेछन्।

उता ब्रुनर्इ सरकारले खर्च ब्यहोरिरहेको गोरखाको दोस्रो बटालियन सेना भने कटौतीमा नपर्ने समाचारमा जनाइएको छ। ब्रुनर्इमा कार्यरत दोस्रो बटालियनको कार्यावधीबारेमा बेलायती प्रधानमन्त्री डेभिड क्यामरुनले फेब्रुअरीमा नयाँ सम्झौता गरिसकेकाले उनीहरु कटौतीमा नपर्ने भएका हुन् । दोस्रो बटालियनबारे प्रधानमन्त्री क्यामरुनले ब्रुनर्इ सरकारसँग ५ वर्षीय नविकरणको सम्झौतामा हस्ताक्षर गरिसकेकाले दोस्रो बटालियनबारे तत्काल कटौतीको योजना नरहेको हो।

‘मलाई दिइएको जानकारी अनुसार एक बटालियन गोरखाहरु कटौतीमा पर्दैछन्’, बेलायतमै रहेका एक पूर्वगोरखा ब्रिगेडियरले भने, ‘कटौतीको निर्णयले बेलायत र बेलायतबाहिर कार्यरत एक हजार ६ सय गोरखाहरुमा यसको प्रत्यक्ष असर पर्ने छ।’

फेब्रुअरीमा प्रधानमन्त्री डेभिड क्यामरुनले मे मा हुने निर्वाचनपछि रक्षा बजेट यथावत नै राख्न सक्ने कुराको ग्यारेन्टी आफूले गर्न नसक्ने बताएकाले पनि बेलायतले रक्षा बजेट घटाउने संकेत मिलेको छ। बेलायती रक्षा मन्त्रालयले सेना कटौतीबारे यकिन गरिनसकेको डेली एक्सप्रेसले जनाएको छ। बेलायती रक्षा मन्त्रालयले १८ महिना अघि नै घोषणा गरेको सन् २०२० पछि सेनाको संख्या घटाएर ८२ हजारमा झार्ने योजनाअनुसार गोरखाहरु पनि कटौतीमा पर्ने भएका हुन्।


गोरखा सैनिकका पक्षमा अभियान चलाएकी अभिनेत्री जोहान्‍ना लुम्ले

रोयल युनाइटेड सर्भिसका विचारक टिमहरुले बेलायतले सेनाको संख्या अत्याधिक कटौती गरेमा त्यो संख्या ५० हजार आसपास झर्ने बताएका छन् । उनीहरुले अनुमान गरेको संख्या बेलायतले अमेरिकी स्वतन्त्रता युद्ध हारेकै बेलाको संख्या हो । बेलायतको इतिहासमा ५० हजार सैन्य संख्या सबैभन्दा थोरै हो।

अभिनेत्री जोहन्ना लुम्लेको अगुवार्इमा गोरखा सैनिकहरुले समान पेन्सन र अधिकारका लागि संघर्ष चर्काउँदै त्यहाँको उच्च अदालतसम्म पुगेपछि बेलायत अफ्ठ्यारोमा पर्दै आएको छ। समान पेन्सन र तलबको मुद्दा अदालतसम्म पुगेर सरकारले सम्बोधन गर्नुपर्ने बाध्यता परेपछि गोरखाहरुका लागि बजेट सन्तुलन गर्न त्यहाँको सरकारलार्इ अफ्ठेरो पर्दै आएको छ।

सेनाको संख्या तत्काल ६२ हजारमा झार्ने योजना कार्यान्वयन भएमा गोरखा सैनिकहरुको संख्या पनि एक बटालियनमात्र रहने भएको छ। बेलायतले गोरखाहरुलार्इ लामो समयदेखि कटौती गर्ने योजना बनाएको थियो। तर आफ्ना नागरिक भन्दा गोरखाहरु सस्ता भएकाले बेलायतले हालसम्म कटौतीमा जाने निर्णय गरिसकेको थिएन।

तर गोरखाहरुले समान पेन्सन र तलबको मुद्दा चर्काउँदै लगेपछि बेलायतले थय आर्थिक भारबाट उम्कने उपायस्वरुप गोरखाहरुलार्इ कटौती गर्ने योजना बनाउन विज्ञहरुलार्इ जिम्मा दिएको हो। बेलायती नागरिकको भन्दा गोरखा सैनिकको तलब अहिले पनि आधा कम रहेको छ। अभिनेत्री जोअना लुम्लेले समान तलब र पेन्सनको अभियान चलाएर त्यसलार्इ कानुनी लडार्इँमार्फत बैद्यता दिने कोशिस गरेपछि बेलायत सरकारले गोरखा बृगेडलार्इ कटौती गर्ने सोच बनाएको हो।

छुटाउंनु भयो कि - Tai Tong Park मा BBQ पार्टी खाना जाँदा.. (हेर्नुहोस् हङकङको भिडियो भ्लग)




Comments

comments

5084