Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

काठमाडौंका डान्सबारबाट अफ्रिकामा बेचिन्छन् नेपाली युवतीहरू

काठमाडौं, चैत ३- काठमाडौंको डान्सबार तथा मसाज सेन्टरमा काम गर्ने युवतीलाई अफ्रिका लगेर बिक्री गर्ने गिरोह पक्राउ परेको छ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआइबी)ले राजधानीका डान्सबार सञ्चालकसहित सातजनालाई पक्राउ गरेको समाचार नयाँ पत्रिका दैनिकले छापेको छ।

झण्डै एक महिना लामो अप्रेसनपछि प्रहरीले गिरोहका व्यक्तिलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मैतीदेवीमा बस्ने एजेन्ट प्रवीण श्रेष्ठ, ललितपुरका मुन डान्सबार चलाउने राजन केसी तथा एयरपोर्टमा सेटिङ मिलाउने आशिष नामका व्यक्ति लगायत छन्।

सो गिरोहले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सेटिङ मिलाएर केन्या तथा तान्जिानियमका डान्सबारमा सयौं नेपाली युवतीलाई बिक्री गरिसकेको अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार कतिपयलाई भने भारतको एयरपोर्टबाट पठाउने गरेको खुलेको छ।

यो पनिः
नेपालकै डान्सबारमा बेचिन्छन् युवती

छुटाउंनु भयो कि - Tai Tong Park मा BBQ पार्टी खाना जाँदा.. (हेर्नुहोस् हङकङको भिडियो भ्लग)




Comments

comments

5089