हङकङमा आज थप २१६ स्थानीय र ३४ आयातित संक्रमित थपिए…

एचकेनेपाल डट कम –

हङकङ, २४ मे । हङकङमा आज कोभिड-१९ पुष्टि भएका कुल २५० संक्रमित केसहरु थपिएका छन्।

स्वास्थ्य सुरक्षा केन्द्रका डा. अल्बर्ट औका अनुसार २१६ स्थानीय र ३४ आयातित गरी कुल २५० संक्रमित केसहरु थपिएका छन्।

हङकङमा BA.2.12.1 भेरियन्ट भाइरसका ८ केसहरू थपिएका छन्। जसमध्ये ४ आयातित केसहरू रहेका छन्। आज, थप १८ विद्यालयहरूले केसहरू रिपोर्ट गरेका छन्। ती मध्ये, एक अन्तर्राष्ट्रिय किन्डरगार्टनमा ६ पुष्टि भएका केसहरू रेकर्ड गरिएको छ। तीमध्ये ४ केस एउटै कक्षाका रहेका छन्। ताईकू शिङस्थित म्याकडोनाल्ड समूहमा ३ केसहरू थपिएका छन्।

हङकङमा २४ घण्टाभित्र कोरोनाबाट मृत्यु हुनेको संख्या थपिएको छैन। पाँचौं लहरको शुरुवातदेखि अहिलेसम्म हङकङमा मृत्यु हुनेको कुल संख्या ९,१५७ पुगेको छ।

२४ घण्टामा ४२ जना बिरामी निको भएर अस्पतालबाट घर फर्केका छन्।

छुटाउंनु भयो कि - Tai Tong Park मा BBQ पार्टी खाना जाँदा.. (हेर्नुहोस् हङकङको भिडियो भ्लग)




Comments

comments

50837