हङकङमा झन बढ्न थाले कोरोना संक्रमित केस..

एचकेनेपाल डट कम –

हङकङ, ५ जुन । हङकङमा आज कोभिड-१९ पुष्टि भएका कुल ५१५ संक्रमित केसहरु थपिएका छन्।

स्वास्थ्य सुरक्षा केन्द्रका डा. चुआंग सुक क्वानका अनुसार ४७३ स्थानीय र ४२ आयातित गरी कुल ५१५ संक्रमित केसहरु थपिएका छन्। पाँचौं लहरको सुरुवातदेखि हङकङमा कुल १२०२,५२२ कोभिड-१९ का केसहरू रेकर्ड भएका छन्।

४२ आयातितमध्ये १८ जनामा विमानस्थलको अस्थायी नमूना परीक्षण केन्द्रमा पोजेटिभ देखिएको छ भने तोकिएका क्वारेन्टिन होटलमा २० जनामा पोजेटिभ देखिएको छ। तीमध्ये २ जना फिलिपिनी महिलामा हङकङ आएको १२ दिनपछि पोजेटिभ देखिएको जनाइएको छ।

हङकङमा २४ घण्टाभित्र कोरोनाबाट ४ जना विरामीको मृत्यु भएको छ। पाँचौं लहरको शुरुवातदेखि अहिलेसम्म हङकङमा मृत्यु हुनेको कुल संख्या ९,१७३ पुगेको छ।

२४ घण्टामा २० जना बिरामी निको भएर अस्पतालबाट घर फर्केका छन्।





Comments

comments

51274