Warning: define(): Argument #3 ($case_insensitive) is ignored since declaration of case-insensitive constants is no longer supported in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 10

Warning: Undefined array key "wpct_buffer" in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 107
हङकङमा कोरोना बढ्दै, आयातित ८६ सहित ५४३ नयाँ केस थपिए… – HKNepal.com – हङकङबाट सञ्चालित पहिलो नेपाली अनलाईन पत्रिका

हङकङमा कोरोना बढ्दै, आयातित ८६ सहित ५४३ नयाँ केस थपिए…

एचकेनेपाल डट कम –

हङकङ, ६ जुन । हङकङमा आज कोभिड-१९ पुष्टि भएका कुल ५४३ संक्रमित केसहरु थपिएका छन्।

स्वास्थ्य सुरक्षा केन्द्रका डा. चुआंग सुक क्वानका अनुसार ४५७ स्थानीय र ८६ आयातित गरी कुल ५४३ संक्रमित केसहरु थपिएका छन्। पाँचौं लहरको सुरुवातदेखि हङकङमा कुल १२०३,०६५ कोभिड-१९ का केसहरू रेकर्ड भएका छन्।

८६ आयातितमध्ये ४२ जनामा विमानस्थलको अस्थायी नमूना परीक्षण केन्द्रमा पोजेटिभ देखिएको छ भने तोकिएका क्वारेन्टिन होटलमा ३९ जनामा पोजेटिभ देखिएको छ।

हङकङमा २४ घण्टाभित्र कोरोनाबाट कुनै पनि विरामीको मृत्यु भएको छैन। पाँचौं लहरको शुरुवातदेखि अहिलेसम्म हङकङमा मृत्यु हुनेको कुल संख्या ९,१७३ पुगेको छ।

२४ घण्टामा १५ जना बिरामी निको भएर अस्पतालबाट घर फर्केका छन्।





Comments

comments

51315