हङकङ : स्थानीय र दक्षिण एसियाली समूहबीच झडप, गोली लागेर १ जना गम्भीर घाइते…

एचकेनेपाल डट कम –

हङकङ, १० जुन । स्थानीय र दक्षिण एसियाली समूहबीच शुक्रवार विहान झडपमा परेर ३ जना घाइते भएका छन्।

समाचारमा दक्षिण एसियाली भनिए पनि उनीहरुको राष्ट्रियता खुलाइएको छैन।

घाइतेमध्ये एक जना गोली लागेर गम्भीर घाइते भएको स्थानीय मिडियाले जनाएका छन्।

प्रहरीले बिहान करिब २.४१ बजे सेन्ट्रलको विन्डहम स्ट्रिटमा रहेको तुङ यिउ कमर्शियल भवन नजिक गोली चलेको खबर प्राप्त गरेको थियो।

घटनास्थलमा पुगेको प्रहरीले पीठमा २ वटा गोली र टाउकोमा चक्कु प्रहारको चोट लागेका एक पुरुषसहित ३ जना घाइते दक्षिण एसियाली पुरुष फेला पारेका थिए ।

एकजनालाई गाडीले किचेर दाहिने खुट्टामा गहिरो चोट लागेको छ। अर्कोको पछाडि पीठमा दुईवटा गोली लागेपछि शल्यक्रिया भइरहेको जनाएको छ। अचेत अवस्थामा रहेका तेस्रो व्यक्ति पनि घाइते भएका छन्। सबैको क्विन मेरी अस्पतालमा उपचार भइरहेको छ।

घटनास्थलमा बन्दुक फेला नपरेको भए पनि घटनाको क्रममा प्रहार गरिएको दुईवटा गोली प्रहरीले बरामद गरेको छ। प्रहरीले घटनास्थलबाट सातवटा चक्कु / छुरीसमेत फेला पारेको जनाएको छ।

घटनामा ६ जनाको संलग्नता रहेको र अहिलेसम्म ४ जना अभियुक्त पक्राउ परेको प्रहरीले जनाएको छ।





Comments

comments

51515