हङकङमा नेपालीद्वारा आत्महत्या, रुखमा झुण्डिएको अवस्थामा मृत फेला परे गुरुङ..!

एचकेनेपाल डट कम –

हङकङ, २२ जुन । हङकङमा एक नेपालीले रुखमा झुण्डिएर आत्महत्या गरेका छन्।

याउ मा तेइस्थित किंग्स पार्क डाँडामा एक नेपालीले झुण्डिएर आत्महत्या गरेको स्थानीय मिडियाले जनाएका छन्।

घटना सोमवार बिहान ६ः१४ बजेको हो। किंग्स पार्क नजिकै किङ्स पार्क रोडमा रुखमा झुण्डिएको अवस्थामा एकजना पुरुष फेला परेपछि प्रहरीलाई खबर प्राप्त भयो। प्रहरी, दमकल र एम्बुलेन्सको टोलीले घटनास्थलमा पुगेर पीडित पुरुषको परीक्षण गर्दा उनको मृत्यु भइसकेको पुष्टि भएको हो।

प्रहरीले घटनास्थलमा सुसाइड नोट फेला नपरेको जनाएको छ। अनुसन्धानपछि मृतक हङकङको परिचयपत्रवाहक ४४ वर्षीय नेपाली भएको पुष्टि भएको छ। मृतकको शवलाई शव गृहमा राखिएको छ। घटनाबारे अनुसन्धान भइरहेको जनाइएको छ।

घटनाबारे एचकेनेपाल डट कमलाई जानकारी गराउंने एक नेपालीका अनुसार मृतक नेपाल पूर्वतिरका धनबहादुर गुरुङ हुन्।

भाइ एकदम असल मान्छे र सज्जन थिए। यो दुखद घटनापछि श्रीमती र छोरा बेलायतबाट हङकङ आउंदैछन्। उनले भनिन्।

मृतक गुरुङका श्रीमती र छोरा ४/५ वर्षदेखि बेलायतमा बस्दै आएका छन्।





Comments

comments

51943