Warning: define(): Argument #3 ($case_insensitive) is ignored since declaration of case-insensitive constants is no longer supported in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 10

Warning: Undefined array key "wpct_buffer" in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 107
हङकङमा कोरोनाको केस दिनहुँ बढ्दै, आज १,८६० नयाँ केस थपिए… – HKNepal.com – हङकङबाट सञ्चालित पहिलो नेपाली अनलाईन पत्रिका

हङकङमा कोरोनाको केस दिनहुँ बढ्दै, आज १,८६० नयाँ केस थपिए…

एचकेनेपाल डट कम –

हङकङ, २४ जुन । हङकङमा आज कोभिड-१९ पुष्टि भएका कुल १,८६० केसहरु थपिएका छन्।

स्वास्थ्य सुरक्षा केन्द्रका डा. चुआंग चुक-क्वानका अनुसार १७२१ स्थानीय र १३९ आयातित गरी कुल १,८६० संक्रमित केसहरु थपिएका हुन्।

कोभिड-१९ को १७२१ स्थानीय केसमध्ये ६१० पीसीआर र १,१११ जनाको आरएटी परीक्षणबाट पुष्टि भएको स्वास्थ्य अधिकारीहरूले जानकारी दिएका छन्।

आयातितमध्ये ६७ जनामा विमानस्थलको अस्थायी नमूना परीक्षण केन्द्रमा पोजेटिभ देखिएका हुन् भने तोकिएका क्वारेन्टिन होटलमा ५७ जनामा पोजेटिभ देखिएको छ। क्वारेन्टिन अवधि सकिएपछि १५ जनामा सङ्क्रमण पुष्टि भएको छ।

हङकङमा हालसम्म कुल १२२१,५३५ कोभिड-१९ का केसहरू रेकर्ड भएका छन्।

आज १६३ विद्यालयमा १६४ विद्यार्थी र ३५ शिक्षक कर्मचारी गरी १९९ जनामा पोजेटिभ देखिएको छ।

हङकङमा २४ घण्टाभित्र कोरोना संक्रमित कुनै पनि बिरामीको मृत्यु भएको छैन। पाँचौं लहरको शुरुवातदेखि अहिलेसम्म हङकङमा मृत्यु हुनेको कुल संख्या ९,१८५ पुगेको छ।

२४ घण्टामा ५४ जना बिरामी निको भएर अस्पतालबाट घर फर्केका छन्।





Comments

comments

52018