मन्त्रिपरिषद पुनर्गठन, एकीकृत समाजवादीका मन्त्री फिर्ता..

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले आइतवार मन्त्रिपरिषद पुनर्गठन गरेका छन्।

प्रधानमन्त्री देउवाले नेकपा एकीकृत समाजवादीबाट सरकारमा सहभागी मन्त्री हेरफेर गरेका हुन्।

एकीकृत समाजवादीबाट नयाँ बन्ने मन्त्रीहरुमा नेताहरु जीवनराम श्रेष्ठ संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री, मेटमणि चौधरी शहरी विकास मन्त्री, शेरबहादुर कुँवर श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री, भवानी खापुङ स्वास्थ्य तथा जनसंख्या मन्त्री र हीरा केसी स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री रहेका छन्।

नेकपा एकीकृत समाजवादीले २२ जेठमा मन्त्रीहरु फिर्ता बोलाएर सरकारमा नयाँ मन्त्रीहरुलाई पठाउने निर्णय गरेको थियो।





Comments

comments

52073