Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

जर्मनीमा नेपाली नयाँ वर्ष २०७२ शुभकामना साँझ हुने

सुन्दर गुरूङ / एचकेनेपाल डट कम –
अन्तर्राष्ट्रिय कलाकार मंच, जर्मनी शाखाले आउँदो नेपाली नया बर्ष वि.सं.२०७२ सालको अवसरमा शुभकामना साँझ आयोजना गर्ने भएको छ।

जर्मनको फ्रंक्फुर्ट आम मैन शहरमा यहि ११ अप्रिल साँझ ८ बजेदेखि शुभारम्भ हुने कार्यक्रममा विभिन्न साङ्गीतिक प्रस्तुतीका साथ डि.जे. सुन्दरद्वारा सुमधुर गीतसंगीत बजाएर थप रौनकता प्रदान गरिने भएको छ।

कार्यक्रममा सहभागिताका लागि प्रति एकल व्यक्ति २० युरो, प्रति परिवार ३५ युरो, जर्मनमा रहेर अध्ययन गर्ने विद्यार्थीहरुको लागि १५ युरो टिकट दर तोकिएको छ। शुभकामना आदान-प्रदान र सांगीतिक कार्यक्रमका साथै कार्यक्रमको अर्को बिशेषता भनेको स्वादिष्ट नेपाली खाना पनि रहेको छ। यो साँझलाई भब्य बनाउन सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई बिनम्र अनुरोध गरिएको छ।

स्थान :United Hostel Frankfurt City Center
Kaiserstr. 52 D-60329 Frankfurt am Main





Comments

comments

Leave a Reply

5487