जी २० सम्मेलनमा चीन र रुसका राष्ट्रपति सहभागी हुने…

इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोले चीनका राष्ट्रपति सी जिनपिङ र रुसका राष्ट्रपति भ्लादिमिर पुटिन दुवैले नोभेम्बरमा बालीमा हुने जी २० समूहको शिखर सम्मेलनमा भाग लिने योजना बनाएका छन्।

‘सी जिनपिङ आउनेछन् । राष्ट्रपति पुटिनले पनि मलाई उहाँ आउने बताएका छन्’ जोकोवी भनेर चिनिने विडोडोले ब्लूमबर्ग न्यूजलाई एक अन्तर्वार्तामा भने।

दुवै नेता शिखर सम्मेलनमा सहभागी हुने यो पहिलो पुष्टि हो । रुसले युक्रेनमा आक्रमण गरेपछि र ताइवानमाथि बढेको तनावपछि यो पहिलो विश्व शिखर सम्मेलन हुनेछ।

जनवरी २०२० पछि कोभिड महामारीको सुरुमा देशले आफ्नो सिमाना बन्द गरेपछि सीले चीन छोडेको यो पहिलो पटक हुनेछ । त्यसबेलादेखि उनले यस वर्ष जुलाई १ मा हङकङको चीन फिर्ताको २५औँ वार्षिकोत्सव मनाउन चीन बाहिरको भ्रमण गरेका थिए।

नोभेम्बर शिखर सम्मेलन धेरै प्रतिक्षा हुनेछ किनभने अमेरिकी राष्ट्रपति जो बाइडेन पनि उपस्थित हुने अपेक्षा गरिएको छ। एजेन्सी

छुटाउंनु भयो कि - Tai Tong Park मा BBQ पार्टी खाना जाँदा.. (हेर्नुहोस् हङकङको भिडियो भ्लग)




Comments

comments

55913