Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

अमेरिकामा धुर्मुस र सुन्तलीको देश सफाई अभियानले १३ लाख जुटायो

विजय थापा / एचकेनेपाल डट कम –
वैशाख १, वाशिंगटन डिसी। पशुपतिको यात्रा सिद्राको ब्यापार झैँ भएको छ चर्चित हास्य कलाकार सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ लाई। २०७२ नयाँ बर्ष धमाका भाग-१ लिएर सवा दुई महिनाको कार्यक्रममा अमेरिका आई पुगेका यी जोडीले कार्यक्रम प्रदर्शनसंगै देश सफा गर्ने अभियानलाई पनि सशक्त रुपमा व्यापक प्रचारप्रसार गर्न सफल भएका छन्।

उनीहरुको देश सरसफाई अभियानले नेपाली समुदायमा राम्रो प्रभाव पार्न थालेको छ। अप्रिल ४ देखि अप्रिल १२ सम्म अमेरिकाको विभिन्न राज्यहरुमा गरेको २०७२ नयाँ बर्ष धमाका कार्यक्रम संगै नेपाली समुदायबाट सफाई अभियानलाई राम्रो आर्थिक सहयोग प्राप्त भै रहेको सिताराम कट्टेल बताउंदछन्।

भर्जिनिया, बोस्टन तथा टेक्सास राज्यका बिभिन्न शहरहरु गरि ५ स्थानमा गरिएको कार्यक्रममा देश बनाउने उद्धेश्यका लागि भनि नेपाली समुदायले स्वतः स्फ्रुर्त रुपमा व्यापक आर्थिक सहयोग गर्दै अहिलेसम्म करिब १३ लाख प्राप्त भएको जानकारी दिए।

धुर्मुस’ र ‘सुन्तली’ ले कार्यक्रमको अतिरिक्त सरसफाई अभियानलाई व्यापक सचेतना गरि रहेका छन् भने देश सरसफाई अभियानलाई अमेरिकामा रहेका नेपाली समुदायले पनि उत्तिकै अभिरुचि देखाई आर्थिक सहयोग गरेका छन्।

नेपालको सरसफाईमा हामी प्रत्यक्ष रुपमा संलग्न हुने भएकोले त्यो पैसाको दुरूपयोग हुने छैन भन्ने विश्वास अमेरिकामा रहेका नेपाली समुदायलाई भएकोले छोटो अवधिमा पनि यति रकम उठाउन सकेकोमा हर्ष लागेको सिताराम कट्टेल “धुर्मुस” बताउंदछन्।

धुर्मुस अगाडि भन्छन् हामी जुनको दोश्रो हप्तासम्म अमेरिकामा हुनेछौ। नेपाली समुदायले धेरै सहयोग गर्ने छन् भन्ने विश्वास राखेका छौं। हामी सबै नेपाली समुदायसंग देश सफाई गर्ने अभियानको चर्चा परिचर्चा चलाउने छौं। नेपाली समुदायले हाम्रो यो अभियानलाई होस्टेमा हैसे गर्नु हुन्छ भन्ने हामीलाई विश्वास लागेको छ ,सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ एक साथ बताउदछन्।

अमेरिकामा आर्थिक सहयोग गर्ने बुद्धिजीवी,ब्यबसायी ,उद्योगपति ,बिद्यार्थी तथा विभिन्न पेशामा संलग्न हुने सबैवर्गलाई नेपाल सरकारको सरसफाई अभियानको सद्भावदुतको हैसियतले धन्यबाद दिन चाहन्छौ। यो अभियान बारेमा यहाँ मात्र नभई बिश्व भर रहनु हुने सबै नेपाली समुदायमा पुगोस् भन्ने हाम्रो चाहना रहेको छ।

देश बनाउने जिम्मा हामी सबैको हो। हामी अमेरिकापछि अस्ट्रेलिया पनि जाने योजना रहेको धुर्मुसले बताए भने अन्य देशमा पनि यो अभियानलाई सशक्त रुपमा हामी अगाडी बढाउने छौं।

देश सरसफाई अभियानको मूलनारा “सबै जना सबै दल, सरसफाईमा लगाऊ बल “भन्ने रहेको धुर्मुसले बताए। राजनैतिक परिवर्तनको लागि पटक पटक सडकमा आउनु भयो। अब देश परिवर्तनका लागि एक पटक जुट्न सम्पूर्ण नेपालीहरुलाई हामी जोडी (धुर्मुस र सुन्तली)आब्हान गर्दछौं।

हङकङमा यसरी धर्मुस बने केपी ओली हेर्नुहोस् फाइल भिडियो





Comments

comments

Leave a Reply

5594