गोरखामा तीजको दर खाएका एक सयभन्दा बढी बिरामी…

गोरखामा तीजको दर खाएका एउटै गाउँका एक सयभन्दा बढी व्यक्ति बिरामी परेका छन्। गोरखा नगरपालिका–७ मान्द्रेढुंगाका महिला तथा पुरूष तीजको भोज खाएपछि बिरामी परेका हुन्।

वडाध्यक्ष विष्णु श्रेष्ठका अनुसार भोज खाएका अघिकांश बिरामी परेका छन्।

‘कृष्ण जन्माष्टमीका दिन स्थानीय महिला तथा पुरूष मिलेर तीजको दर खाएका थिए। सोही साँझदेखि नै भोज खाएका सबै बिरामी परेका हुन्’, उनले भने, ‘बिरामी परेको थाहा पाएपछि स्वास्थ्यकर्मी लगेर उपचार सुरू गरिएको छ।’

स्वास्थ्यकर्मीको टोलीले ४० जनाभन्दा बढीको स्वास्थ्य जाँच गराएको श्रेष्ठले बताए।

बिरामीको घर-घरमा स्वास्थ्यकर्मीको टोली पठाएर आवश्यक औषधोपचार गरिएको उनले बताए।

बिरामी परेकाहरू अहिले विस्तारै निको हुँदै गएका छन्। केहीलाई अझै घरमै स्लाइनपानी दिएर राखिएको अहेव भूमिका श्रेष्ठले जानकारी दिए।
nic

बिरामीमा शनिबार साँझदेखि नै पेट दुख्ने, बान्ता हुने, ज्वरो आउने र पखाला लाग्ने समस्या देखिएको उनले बताए।

बिरामीमध्ये अधिकांशको गोरखा सदरमुकामका निजी क्लिनिकमा उपचार भइरहेको छ।

‘केही आफैं गोरखा अस्पताल पुगेर उपचार गराइरहेका छन्’, उनले भने। रासस





Comments

comments

56203