BREAKING: हङकङमा सामुद्रिक आँधी सिग्नल No 8 जारी, जनजीवन प्रभावित… …

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, २४ अगष्ट। हङकङमा बुधवार साँझ ७:२५ देखि उत्तरपूर्वी ठूलो सामुद्रिक आँधी टाईफून No 8 शुरु भएको हङकङ ओब्जरभेटरीले जनाएको छ।

यसको मतलब ६३ किलोमिटर प्रतिघण्टा वा सोभन्दा बढीको गतिमा हावा चल्ने अनुमान गरिएको छ। आँधी बिहीवार विहान ६ बजेसम्म जारी रहने जनाइएको छ।

हङकङ ओब्जरभेटरीले यहाँका नागरिकहरुलाई सकेसम्म चाँडो सबै सावधानीहरू पूरा गर्न, तटीय रेखाबाट टाढा रहन र पानीका खेलहरूमा संलग्न नहुन सूचना जारी गरेको छ।

फाइल फोटो

सामुद्रिक आँधीका कारण हककङको जनजीवन अस्तव्यस्त र प्रभावित हुने भएको छ। बाहिर निस्कदा खतरा हुने भएकाले अधिकांश नागरिकहरु घरभित्र थुनिएका छन्। स्टार फेरि सामुद्रिक बाटो, अधिकांश बस सेवाहरु, शैक्षिक र व्यापारिक प्रतिष्ठानहरु बन्द हुने / भएका छन्।

फाईल भिडियोः





Comments

comments

56220