हङकङमा दक्षिण एसियालीद्वारा दिउंसै २२ मिलियन डलरको गहना लुटपाट..

एचकेनेपाल डट कम –

हङकङ, १० अक्टोबर । दुई जना दक्षिण एसियालीले सोमवार दिउंसो चिम सा चुईको ८ क्यानटोन रोडस्थित गहना पसलमा लुटपाट गरेका छन्।

स्थानीय मिडियाका अनुसार दुई जना दक्षिण एसियाली ग्राहकका रुपमा इम्परेर वाच एण्ड ज्वेलरी पसलमा प्रवेश गरेका थिए। धारिलो हतियार देखाएर HK $ 22 मिलियन मूल्य बराबरको जेड नेकलेस लिएर भागेका थिए।

सीसीटिभी फूटेजमा सेतो सर्ट र सेताो मास्क र अर्का कालो सर्ट र कालो मास्क लगाएका दुई जना पसलबाट भाग्दै गरेका देखिन्छ। बाहिर कुरिरहेको कालो कार उनीहरु पस्न साथ भागेको देखिन्छ।

प्रहरीले खबर पाउनसाथ घटनास्थल पुगेर अनुसन्धान थालेका छन्। प्रहरीले लुटेराले लुटपाटको क्रममा प्रयोग गरेको कालो कार No. 3 Man Wai Street, Yau Ma Tei मा भेटाएको छ।

कारबाट प्रहरीले एक जोडी पन्जासहित कालो रक्स्याक बरामद गरेको छ। साथै होल्स्टरसहितको कालो छुरीसमेत बरामद गरेको छ।

दुई लुटेराहरू निजी कारमा भागेर म्यान वाई स्ट्रिटमा आइपुगेपछि चालकसहित तीनजना संदिग्धहरू कारबाट ओर्लेर क्रमशः म्यान युएन स्ट्रिट, म्यान चेओङ स्ट्रिट र फेरी स्ट्रिटतर्फ भागेको प्रहरीले अनुसन्धानमा देखिएको जनाएको छ।

घटनामा संलग्न निजी कारमा नक्कली लाइसेन्स प्लेट प्रयोग गरेको पाइएको छ। प्रहरीले करिब १.७ देखि १.७५ मिटर उचाइका ३० देखि ४० वर्षका तीन दक्षिण एसियाली संदिग्धहरुको खोजी गरिरहेको जनाएको छ।

छुटाउंनु भयो कि - Tai Tong Park मा BBQ पार्टी खाना जाँदा.. (हेर्नुहोस् हङकङको भिडियो भ्लग)




Comments

comments

59127