परिजिता बाँस्तोला अमेरिकी ‘द भ्वाइस’ बाट बाहिरिइन्

विजय थापा –

परिजिता बाँस्तोला टीभी रियालिटी शो अमेरिकी ‘द भ्वाइस’ को अन्तिम आठबाट बाहिरिएकी छन्।

मेरिल्याण्डकी नेपाली मूलकी १७ बर्षिया परिजिता अन्तिम आठ (सेमिफाइनल) बाट आउट भएकी हुन्।

सेमिफाइनलबाट आउट भएसंगै द भ्वाइसमा उनको यात्रा टुंगिएको छ।

सेमिफाइनलनको नतिजा अनुसार ८ जना मध्ये ४ जना बाहिरिएका थिए । बाहिरिएका सबैलाई एक चोटी गीत गाउने मौका दिइएको थियो। ४ जनाले गीत गाएको ५ मिनेट भित्रमा मतदान गर्न लगाइएको थियो। त्यस मध्ये सबै भन्दा ज्यादा मत ल्याउँदै एक जनालाई ५ औँ स्थानमा अवसर दिँदै अन्तिम ५ मा प्रतिस्पर्धामा सहभागी हुने मौका दिएको थियो।

गत सोमबार उनले अस्ट्रेलियाली गायिका तथा गीतकार सिया केट इजाबेल फर्लरको अनस्टपेवल गीत गाएकी थिइन्।

जन लेजेन्डको टोलीकी परिजिता द भ्वाइस प्रतियोगितामा छनौट हुने पहिलो नेपाली अमेरिकी गायिका थिइन्।





Comments

comments

60516