Warning: define(): Argument #3 ($case_insensitive) is ignored since declaration of case-insensitive constants is no longer supported in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 10

Warning: Undefined array key "wpct_buffer" in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 107
माथिल्लो डोल्पामा रोकिएका कर्मचारीलाई हेलिकोप्टरबाट उद्धार गरिने – HKNepal.com – हङकङबाट सञ्चालित पहिलो नेपाली अनलाईन पत्रिका

माथिल्लो डोल्पामा रोकिएका कर्मचारीलाई हेलिकोप्टरबाट उद्धार गरिने

मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनका लागि माथिल्लो डोल्पामा खटिएका कर्मचारी ल्याउन नेपाली सेनाको हेलिकोप्टर दुनै पुगेको छ।

फाइल : फोटो

जिल्ला निर्वाचन सुरक्षा समिति तथा निर्वाचन अधिकृतको कार्यालय डोल्पाले बुधबार निर्वाचन आयोग नेपाललाई कर्मचारी उद्धार गर्न आग्रह गरेसँगै आज बिहान हेलिकोप्टर दुनै पुगेको हो।

समुद्री सतहदेखि चार हजार १० मिटर उचाइ रहेको माथिल्लो डोल्पामा पर्ने शे-फोक्सुण्डो, छार्काताङ्साङ र डोल्पोबुद्धमा पर्ने २२ मतदान केन्द्रमध्ये १२ मतदान केन्द्रका कर्मचारी रोकिएको समाचार बुधबार प्रकाशन भएसँगै उनीहरुलाई हेलिकोप्टरबाट उद्धार गर्न लागिएको हो।

मौसम सफा भए पनि हावा चलिरहेकोले हेलिकप्टर त्यहाँ जान नसकेर दुनैमा अवतरण गरिको डोल्पाका प्रमुख जिल्ला अधिकारी वेदनिधि अधिकारीले जानकारी दिए । “उच्च हिमाली क्षेत्रको हावाको गति कम हुने वित्तिकै होलिकप्टर कर्मचारी लिन जान्छ,” उनले भने, “एक पटकमा १८ जना ल्याउन सकिन्छ।”

डोल्पाका मुख्य निर्वाचन अधिकृत बाबुराम सुवेदीले बुधबारदेखि आयोगसँग पहल गरे पनि ढिलो भएको र सम्भवतः आजै सबै कर्मचारी सदरमुकाम दुनै ल्याइने बताए । माथिल्लो डोल्पामा दुई महिलासहित ४३ कर्मचारी, ४४ प्रहरी र ४८ जना म्यादी प्रहरी मङ्सिर १ गतेदेखि चुनावमा खटिएका थिए। रासस





Comments

comments

61999