हङकङमा आज दैनिक कोभिड-१९ सङ्क्रमितको सङ्ख्या १० हजार नाघ्यो, थप १५ बिरामीको मृत्यु

एचकेनेपाल डट कम –

हङकङ, १ डिसेम्बर । हङकङ स्वास्थ्य विभागको स्वास्थ्य संरक्षण केन्द्रले आज कोभिड-१९ को पछिल्लो महामारीको स्थितिबारे जानकारी गराएको छ।

आज बिहानसम्म कोभिड-१९ को भाइरसको परीक्षण गर्ने ९५३१ जनामा र आयातित ६०६ जनामा गरी कुल १०,१३७ जनामा पोजेटिभ देखिएको जनाइएको छ।

कोभिड-१९ का कारण थप १५ जना विरामीले ज्यान गुमाएका छन्।

हङकङमा कोभिड-१९ को पाँचौं लहरको समयमा कोभिडबाट मृत्यु हुनेको संख्या कुल १०,५४९ पुगेको छ।





Comments

comments

62402