हङकङमा आज दैनिक कोभिड-१९ सङ्क्रमितको सङ्ख्या मार्च महिनापछि कै उच्च, १४ हजार नाघ्यो…

एचकेनेपाल डट कम –

हङकङ, ८ डिसेम्बर । हङकङ स्वास्थ्य विभागको स्वास्थ्य संरक्षण केन्द्रले आज कोभिड-१९ को पछिल्लो महामारीको स्थितिबारे जानकारी गराउंदै सङ्क्रमितको सङ्ख्या १४ हजार नाघेको जनाएको छ।

सेन्टर फर हेल्थ प्रोटेक्शनका प्रिन्सिपल मेडिकल एण्ड हेल्थ अफिसर डा. अल्बर्ट अउले हङकङमा गत हप्तादेखि कोभिड-१९ को आयातित र स्थानीय केसहरूको संख्या बढ्दै गएको बताएका छन्।

औसत दैनिक स्थानीय संक्रमण केसहरू १० हजार नाघेको छ, जुन अघिल्लो हप्ताको तुलनामा लगभग २६ % ले बढेको छ। उनले भेरियन्ट BA.5 मुख्यधारा रहेको बताएका छन्।

पुष्टि भएका केसहरूको संख्या १४,३७३ पुगेको छ जुन हालका महिनाहरूमा नयाँ उच्च रेकर्ड हो भने गत मार्च महिनापछिकै उच्च सङ्क्रमितको सङ्ख्या हो।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

62829