हङकङ : क्वाई चुङ कन्टेनर टर्मिनलमा ग्यास विस्फोट हुँदा एक कामदारको मृत्यु..

एचकेनेपाल डट कम –

हङकङ, १५ डिसेम्बर । क्वाई चुङ कन्टेनर टर्मिनलमा विहीवार विहान ग्यास विस्फोट हुँदा एक कामदारको मृत्यु भएको छ।

क्वाई चुङ कन्टेनर टर्मिनलको टर्मिनल ८ मा ग्यास विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ भने शव विस्फोटबाट १० मिटर टाढा फ्याकिएको छ।

आज बिहान करिब ९ बजे कामदारले डक बम्परमा कम्प्रेस्ड ग्यास पम्प गर्ने क्रममा दुर्घटना भएको बुझिएको छ।

विष्फोटपछि कोमामा परेका कामदारलाई प्रिन्सेस मार्गरेट अस्पतालमा लगिएका पनि उनको मृत्यु भएको स्थानीय मिडियाले जनाएको छ।

घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।





Comments

comments

63211