हङकङमा दैनिक कोभिड-१९ सङ्क्रमितको सङ्ख्या १७ हजार नाघ्यो, थप १९ विरामीको मृत्यु…

एचकेनेपाल डट कम –

हङकङ, १५ डिसेम्बर । हङकङमा दैनिक कोभिड-१९ सङ्क्रमितको सङ्ख्या १७ हजार नाघेको छ।

हङकङ स्वास्थ्य विभागको स्वास्थ्य संरक्षण केन्द्रले आज कोभिड-१९ को पछिल्लो महामारीको स्थितिबारे जानकारी गराउंदै सङ्क्रमितको सङ्ख्या १४०८० पुगेको जनाएको हो।

यो संख्या हालैको महिनाहरुकै सर्वाधिक उच्च हो।

सङ्क्रमित केसहरुमध्ये स्थानीय १६२४९ र ८३१ आयातित रहेका छन्।

त्यस्तै, स्वास्थ्य संरक्षण केन्द्रले थप १९ जना कोभिड सङ्क्रमित विरामीको मृत्यु भएको जनाएको छ।





Comments

comments

63224