Warning: define(): Argument #3 ($case_insensitive) is ignored since declaration of case-insensitive constants is no longer supported in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 10

Warning: Undefined array key "wpct_buffer" in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 107
राष्ट्रपति भण्डारी जलपान समारोहमा सरिक – HKNepal.com – हङकङबाट सञ्चालित पहिलो नेपाली अनलाईन पत्रिका

राष्ट्रपति भण्डारी जलपान समारोहमा सरिक

काठमाडौं, राष्ट्रपति विद्यादेवी भण्डारी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन २०७९ सफलतापूर्वक सम्पन्न भएको अवसरमा निर्वाचन आयोगद्वारा आयोजित जलपान समारोहमा सरिक हुनुभयो।

कान्तिपथस्थित आयोग परिसरमा सोमबार आयोजित समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना सहभागी हुनुहुन्थ्यो।

पूर्व प्रधानमन्त्री, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष, विभिन्न राजनीतिक दलका प्रमुख, पूर्व उपराष्ट्रपति, मन्त्री, नवनिर्वाचित सांसद, संवैधानिक निकायका प्रमुख, विभिन्न विश्वविद्यालयका उपकुलपति र विभिन्न प्रतिष्ठानका कुलपति, नेपाल सरकारका उच्चपदस्थ अधिकृत, सुरक्षा निकायका प्रमुख, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधि, उद्योगी, व्यापारी, कलाकार, पत्रकार तथा समाजका विभिन्न क्षेत्र तथा तह र तप्काका लब्धप्रतिष्ठित महानुभाव पनि समारोहमा उपस्थित हुनुन्थ्यो ।

समारोहस्थलमा अतिथिहरूलाई प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया र अन्य आयुक्तले स्वागत तथा अभिवादन गर्नुभएको थियो । स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय एवं मितव्ययी निर्वाचनको मूल नारासहित आयोगले ती दुवै तहको निर्वाचन सम्पन्न गरी गत मङ्सिर २९ गते राष्ट्रपतिसमक्ष निर्वाचनको प्रतिवेदन बुझाएको थियो । उक्त निर्वाचनबाट करिब ३३ प्रतिशत महिलासहित प्रतिनिधिसभातर्फ २७५ तथा प्रदेशसभा सदस्यतर्फ ५५० नयाँ जनप्रतिनिधिको चयन भएको छ । आवधिक निर्वाचनलाई लोकतन्त्रको मेरुदण्ड मानिन्छ ।

रासस





Comments

comments

63451