कोलोराडोमा एक नेपालीको गोली हानी हत्या…

नातिबाबु भट्ट / एचकेनेपाल डट कम-

कोलोराडो अमेरिका, ६ जनवरी। कोलोराडो नेपाली समुदायका एक ईमान्दार सदस्यको विहीवार राति ८ बजे आफ्नै स्टोरमा काम गर्दै गर्दा एक बन्दुकधारीद्धारा गोली हानी हत्या गरिएको छ।

मृतक भेषराज लामिछाने

कोलोराडोस्थित हुईट्रिजमा भलेरो ग्यासस्टोर संचालन गर्दै आएका ५३ वर्षीय भेषराज लामिछानेको स्टोरभित्रै गोलीहानी हत्या भएको हुईट्रिज पुलिसले जनाएको छ।

नेपालमा तनहुं जिल्ला घर भई सन् २०१४ मा डिभीमार्फत अमेरिका आएका लामिछाने चार छोराछोरी र श्रीमतीसहित कोलोराडोमा बस्दै आएका थिए।

उनलाई गोलीहानी हत्या गरेपछि उनैको गाडी लिएर भागेका २६ वर्षीय एक अफ्रिकन अमेरीकनलाई शुक्रबार बिहान इन्डिअना स्टेटमा पक्राउ परेको त्यहाँको पुलीसले जनाएको छ।

घरमा कमाउने भेषराज मात्र भएको र उनको त्यसरी निधन भएपछि घरको आर्थिक अवस्था नाजुक रहेको बताईएको छ।

यसरी कोलोराडो नेपाली समुदायमा ज्यादै दुःखद घटना घट्न पुगेको र उनको दाहसंस्कार तथा परिवारलाई सहयोग जुटाउन गोफण्ड मी खोलिएको छ। उक्त गोफण्ड मीमा यथासक्य सहयोग गरिदिनु हुन कोलोराडोमा सक्रिय संघ संस्थाका पदाधिकारी, समाजसेवी, गन्यमान्यहरुले सार्वजानिक रुपमा सबैलाई अनुरोध गरेका छन्।

सहयोगको लागि गोफण्ड मी मा क्लिक गर्नुहोस्





Comments

comments

64657