Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

प्रचण्ड अचानक भारत किन जाँदैछन्?

नेपालको‘यथार्थ बुझ्न मोदीले प्रचण्डलाई बोलाए
काठमाडौं : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको राजनीतिक अवस्था बुझ्न पूर्वप्रधानमन्त्री समेत रहेका प्रमुख प्रतिपक्षी दलका नेता एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भारत भ्रमणका लागि आमन्त्रण गरेका छन्।

कांग्रेस,एमाले, एमाओवादी र मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका वीचमा जेठ २५ गते राती १६ बुँदे सहमति गर्ने वेलामा भारतीय जनता पार्टीका नेता दिनेश उपाध्यायको टेलिफोनलाई ‘रेस्पोन्स’ नगरेपछि मोदीले दाहाललाई भारत भ्रमणको निमन्त्रणा गरेको स्रोतले बतायो।

स्रोतका अनुसार मोदीका बिशेष सहयोगीका रुपमा उपाध्यायले प्रधानमन्त्री सुशील कोइराला,एमाले अध्यक्ष केपी शर्मा ओली र दाहाललाई १६ बुदे सहमतिका बारेमा बुझन टेलिफोन गरेका थिए । कोइराला बाहेक ओली र दाहालले उपाध्यायको टेलिफोन ‘रेस्पोन्स’ नगरेको स्रोतले बतायो ।

स्रोतका अनुसार १६ बुदे सहमतिपछि मोदीले आफनो विदेशबिभागसँग सम्बद्ध अधिकारीहरुको बैठक राखेर नेपालको परिवर्तित राजनीतिक अवस्थाका बारेमा समीक्षा गरेका थिए । नेपाल मामिलामा पश्चिमा शक्ति राष्ट्र र चीन हावी हुँदै गएको बिश्लेषणपछि नेपाली राजनीतिका बारेमा‘यथार्थ बुझन’ मोदीले दाहालसँग छलफल गर्न चाहेको स्रोतले बतायो।

भारत,चीन र नेपालका वीचमा त्रिदेशीय समझदारी र १६ बुदे सहमतिपछिको राजनीतिक परिस्थितिलाई एजेण्डा बनाएर छलफल गर्न मोदीको निमन्त्रणालाई स्वागत गर्दै दाहाल असारको अन्तिम साता भारत भ्रमणमा जान तयार भएका हुन। अन्नपूर्णपोष्टमा समाचार छ।





Comments

comments

Leave a Reply

6826