Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

जसले भेटाएको साढे ३ लाख फिर्ता गरे…

रामप्रसाद ढुंगेल / एचकेनेपाल डट कम –
दुबई, कुरा एक वा दुई सयको होइन, हजार–हजारको छ । एक दुई हजार पनि होइन, पूरै १२ हजार ७ सय दिराम्स। नेपालीमा लगभग ३ लाख पचास हजार । शुक्रबारे छुटटीमा अजमान एरियामा रहेका पाकिस्तानी नागरिक मोहम्द अयुबले एक पर्स भेटे। उक्त पर्समा थियो नगद १२ हजार ७ सय । साथमा इमिरेटस आइडी, पताका र अन्य कागजपत्रहरु । पैसाकै लागि परदेसिएका जोकोहीका लागि त्यो रकम अचानक हात लाग्दा खुसीको पारो चढ्न सक्छ।

लामो समयदेखि अजमानको एक निर्माण कम्पनीमा कार्यरत लाहोर निवासी अयुबले पर्स भेटेपछि उनकै भाषामा भन्दा खुसी होइन, दुःख लाग्यो । दुःखसँगै यो पैसा कसरी सम्बन्धित मानिससम्म पुर्याउने भन्ने हुटहुटी पनि जाग्यो । बिरामी आमा र बिहे गर्न योग्य बहिनीको लागि संघर्ष गरिरहेको बताउने अयुबले पर्सभित्र भेटे एक भिजिटिङ कार्ड । कार्डमा नाम थियो रामप्रसाद गैरै, सेल्सम्यान, टिनो होल्डिग एलएलसी । कार्ड सँगै रहेको मोबाइलमा कल गर्दा भेटिए स्यांगजा बालिडका गैरे।

कोठा सर्ने सिलसिलामा पर्स हराएपछि गहिरो तनावमा थिए गैरे । केही आफ्नै भए पनि अधिकांश रकम कम्पनीको बोकेका थिए उनले । करिब २४ घन्टासम्म पर्स नभेटिएपछि आशा मारिसकेका थिए गैरेले। तर उनको मोबाइलमा अपरिचित नम्बरबाट कल भोलिपल्ट आएको थियो । धेरै निराशा र थोरै आशा बोकी फोन रिसिभ गर्दा पर्स भेटिएको सूचना दिइरहेका थिए अयुबले । गैरेको निराशा स्वात्तै घट्यो, अनि तीन फुट माथि उफ्रिए कराउँदै । केहीबेरमा सकुशल पर्स लिएका अयुब र गैरेका साथ रहेका नेपाली साथीहरुको भेट भयो।

गैरेले मोहम्मद अयूबको इमानदारिताको प्रसंशा गरे । गैरेले पुरस्कार स्वरुप ५ सय दिराम्स दिदा पनि उनले स्वीकार्न मानेनन्। आफ्नो पाखुराले गरेको र पसिना बगाएर कमाएको मात्र पवित्र कमाई हुन्छ र त्यो पैसा मात्र आफ्नु हुन्छ भन्ने मान्यता रहेको अयुबले बताए। नैतिकताको संकट र इमानदारिताको खडेरी परेका बेला यूएईको अजमानमा भएको यस घटनाका नायक मोहम्द अयुबलाई सलाम आलेकुम। सम्पूर्ण नेपालीहरुको तर्फबाट हार्दिक धन्यवाद।





Comments

comments

Leave a Reply

7362