विश्व नारी दिवसको महत्व – सुनिता भण्डारी थापा

विश्व नारी दिवसको महत्व – सुनिता भण्डारी थापा


विश्व नारी दिवसको ईतिहास १०४ बर्ष पुरानो छ। प्रत्येक मार्च ८ को दिनमा नारीहरुको सम्मान, जागरण, हक, अधिकारको सुनिश्चित गर्दै संसार भर नारी दिवस मनाईन्छ। नारीहरुको आफ्नो कुनै अस्तित्व थिएन।

न्युजिल्याण्ड र ईङ्ग्लैण्ड दुई राष्ट्र बाहेक विश्वको कुनै पनि देशमा महिलालाई मतदान दिन पाउने अधिकार समेत थिएन। महिला र पुरुषले एउटै काममा पनि पाउने तलब फरक थियो। महिला भएकै कारण मानव अधिकारबाट बन्चित हुन्थे र अझै पनि छन् नारीहरु त्यसैले उत्तरी अमेरिकाबाट शुरु भएको नारी आवाजले सन् १९१० मा जर्मनीको कोपनहेगनमा १७ देशका १०० महिलाको सम्मेलनले १९११ देखि अन्तर्राष्ट्रिय नारी दिवस मनाउँने निर्णय गरे। लाखौ लाख महिला पुरुषले भाग लिए त्यस रयालीमा। जसले संसारमा परिबर्तन ल्यायो।

यस नर्देन क्यालिफोर्नियामा पनि हामी दिदीबहिनीहरुले केही साल यता यस दिवस मनाउदै आईरहेको छ। जसले हाम्रो सोच र जीवनमा निकै फरक ल्याएको अनुभव गरेकी छु। त्यसैले यस दिवसको महत्वको बारे सबैलाई बाँड्न मन लाग्यो। सर्वप्रथम त म अाफै नारी भएकोमा गर्भ लाग्दछ। म कसैको छोरी भएर जन्म लिए, दिदी बैनी हुदै पत्नी भए र अाज अामा हुने मौका पाए। यही नै गौरबको कुरा हो। यदी बिश्वमा नारी नहुने हो भने संसार नै चल्ने थिएना। मानब जातिको जननी नै नारी हुन। फेरी पनि समाजमा राष्ट्रमा नारीको ईज्जत पुरुष बाराबार हुदैन। हाम्रो अग्रजहरुले नारीका हकहितका लागी धेरै लड़ाई लड्दै अाए। त्यसैको फलस्वरुप अाज नारीहरु पहिलाको स्थिति भन्दा केही अगाडि बढेका छन्। उनीहरुको अधिकारको परिधि बढ्दै गईरहेको छ। तर पनि नारीहरुको सामाजिक, राजनैतिक, शैक्षिक बिकाश साथै बराबरी अधिकारको लागि अझै हामीले यस नारी दिवसलाई निरन्तरता दिदै जानु पर्छ। अब भनौ नारी दिबसको महत्व किन त?

आधा आकाश ढाकेको नारीलाई घर, समाज र राष्ट्र निर्माणको हरेक कृयाकलापमा जबसम्म पुरुषसरह अवसर पाउदैन तबसम्म देश बिकाश हुन सक्दैन। एउटा असल घरले समाज, समाजले बलियो राष्ट्रको निर्माण हुन्छ। त्यसको लागि घरको जग बलियो हुन अति आवश्यक छ। आमा नै मानिसको जीवनको जग हो। त्यसका लागि नारी अधिकार हासिल गर्न अथक लड़ाई लड्न पर्दों रहेछ। त्यों कुरा हामीलाई इतिहासको लडाईले अबगत गराएको छ। अाज अाएर हामीले यस दिवसको अवसरमा आफ्नो बिकास साथै अधिकारको लागि बोल्न पाएका छौं। नारी दिबस केका लागि भन्दा -सामाजिक, अार्थिक,र राजनैतिक अधिकार बराबरीका लागी। नारी दिवस किन भन्दा -नारीहरुको हौसला र सम्मानका लागि, नारी विज्ञानको लागि, नारीको जनचेतनाका लागस, यही अादि इत्यादि कुराले गर्दा अाज अाएर संसारभरी सरकारी ग़ैरसरकारी संघ संस्थाले मान्यता दिएर हाम्रो अावाज संसार भरी सुनेका छन। अझ हाम्रो लड़ाई जारी छ र हाम्रो लड़ाई पुरुषसंग होईन। हाम्रो लड़ाई त बराबरी अधिकारका लागि हो। यिनै कुराहरुले गर्दा विश्व नारी दिवसको ठूलो महत्व भएको हो।

मेरो सपना- अप्सरा खड्का सिजापति

सपना भनेको जीवनको लक्ष्य हो। सपना बिना जीवन अधुरो नै हुन्छ त्यसैले सपना देख्नु मानिस हुनुको अर्थ हो जस्तो लाग्छ मलाई। हामी धेरै जनाको सपना जीवनमा सुख पाउने र सफल हुने नै हुन्छ। तर, कसरी जीवन सुखी हुन्छ र सफलता कसरी हासिल गर्न सकिन्छ भन्ने कुरामा भने ख्याल भने राख्दैनौ। जसले गर्दा सपनाहरु अधुरो रहन्छन।

जे होस् यो सपना भन्ने कुरा उमेर, वाताबरण र संगतमा भर पर्ने कुरा रहेछ। सानो छँदा मिठो खाने र राम्रो लाउने सपना थियो मेरो सायद धेरै मेरो साथीहरुको पनि किन कि हाम्रो समाजमा छोरीलाई पढाएर ठूलो मान्छे बन्ने भन्दा पनि छोरीको कर्म अर्काको घरमा भनेर जन्मना नपाउदै देखि विभेद शुरु हुन्छ। त्यहि संस्कारमा हुर्किन्छ भने उसले देख्ने सपना अवश्य त्यहि हुन्छ। किन कि उसको बाल मनस्थितिमा नै छोरी भने कै भाग्य खाने जात भनेर सिकाएको हुन्छ। त्यसैले मेरो सपना पनि बाल्य अवस्थाको मिठो खाने र राम्रो लाउने सपना उमेरसँगै बढ्दै गैर किशोरी अवस्थामा एउटा असल श्रीमानसँग बैबाहिक जीवनमा कस्नु थियो। त्यसपछि आमा बन्ने सपना पनि पुरा भयो। साच्चै भगवानले मेरो प्रार्थना सुने जस्तै गरी मेरो सबै सपनाहरु पुरा गरि दिए जस्तो लाग्छ। मेरो व्यक्तिगत जीवनमा।

एउटी असल छोरी, श्रीमती र आमा हुने मेरो सपना पुरा भएको छ। अब एउटी असल मान्छे बन्ने मेरो सपना छ। छोरी र छोरामा विभेद होईन समान अवसर र अधिकार पाउनु पर्छ। त्यस्तै नारी र पुरुषको बिचमा भएको सामाजिक विभेदलाई अन्त गरि बाराबरी अवसर र अधिकार हुनुपर्छ। मैले जुन सपना देखे मेरो छोरीले देख्ने सपना फरक होस्। अर्काको भाग्य खाने सपना होईन आफ्नो कर्म खाने सपना देख्न सक्ने होस्। यहिँ मेरो सपना छ। एनडब्लुजीएनमा लागेर दिदीबहिनीहरुसँग मिलेर आफूमा भएको क्षमतालाई यस समाजमा बाँड्ने मेरो सपना छ। आफूसहित सम्पूर्ण नारीलाई आफ्नो कर्तब्य र अधिकारमा सचेत गराउन सकुं दुख सुखमा एक अर्कालाई मद्दत गर्न सकुं भन्ने मेरो सपना छ। आशा छ मेरो यस सपनामा भगवानले पनि साथ दिनेछ भनेर।

नारी सुन्दरता- प्रिश्किला प्रधान दाहाल

सुन्दरता भन्ने बित्तकै जुनसुकै मानिसको मन मष्तिस्कलाई छुन्छ। बिशेष गरि नारी सुन्दरता कै चर्चा हुने गर्दछ यस संसारमा जस्तै सुन्दरी प्रतियोगिता हरेक शहर, देश र अन्तर्राष्ट्रिय स्तरमा। आखिर के होला त नारी सुन्दरता भनेको सबैको आ-आफ्नै बिचार भए झैँ मेरो बिचारमा सुन्दरता दुई प्रकारको हुन्छ।

बाहिरी सुन्दरता र भित्री सुन्दरता। बाहिरी सुन्दरता जुन बाहिरबाट देखिने जस्तो कि नारीको सुन्दर मुहार, चिट्टीक परेको शरीर, उनको सलक्क परेको लामो कपाल र मिलेका सुन्दर दातका पंक्तिहरू जुन क्षणिक हुन् जो उमेर ढल्कदै जाँदा यि बाहरी सुन्दरताहरु पनि परिबर्तन हुन्छन। जसै उमेर ढल्कदै जान्छ त्यसै सुन्दर मुहार चाउरिदै जान्छ। सुन्दर कालों लामो कपाल सेतै फुल्छ र झर्छ र सुन्दर सेता दाँतहरू झरेर थोते हुन्छन।

त्यस अर्थमा बाहिरी सुन्दरता क्षणिक हुन् र यि वास्तविक सुन्दरता हैनन्। नारीको वास्तविक र दिगो सुन्दरता भनेको उनको शिस्टता, शलिनता, सभ्यता, आचरण, श्रीमान प्रतिको वफ़ादारीता, परिवार र समाजप्रति ज़िम्मेवारी। र हामीमा यी दुवै सुन्दरता भए सुनमा सुगन्ध हुनेछ। र भगवानले मलाई पनि बाहिरी सुन्दरता भन्दा पनी भित्री सुन्दरलाई बुझ्ने सतबुद्धि दिउन्।

जे होस् अर्को तरिकामा असल चरित्र नै मानिसको सुन्दरता हो। कुनै पनि मानिसको चरित्र उसको मूल्यमान्यता, विश्वास र व्यक्तित्व मिलेर बनेको हुन्छ। जो उसको हरेक ब्यबहारमा झल्किन्छ। जति नै मुल्यवान बस्त्र र हिरामोतीले सजिए पनि असल चरित्र छैन भने त्यो शून्य हुन्छ। चरित्रवान नारी नै नारी सुन्दरता हो जस्तो मलाई लाग्छ। तर पनि भनिन्छ सुन्दरता हेर्नेको आँखामा हुन्छ भनेर। तपाईले कस्तो दृष्टिले हेर्न सक्नु हुन्छ त्यहि पाउनु हुनेछ।





Comments

comments

Leave a Reply

6833