जागिरको विज्ञापनबाट हङकङमा ठगिए एक नेपाली, ४० हजार गुमेपछि प्रहरीमा उजुरी…

एचकेनेपाल डट कम –

हङकङ, ५ मार्च। जागिरको विज्ञापनमा एक जना नेपाली युवकले ४० हजार हङकङ डलर गुमाएका छन्। जब स्क्यामको शिकार भएपछि २४ वर्षीय नेपाली युवकले प्रहरीसमक्ष उजुरी दिएका छन्।

पीडितका अनुसार किनमेल प्लेटफर्ममा व्यवसाय प्रवर्द्धन गर्न र बिक्री बढाएर कमिसन कमाउन उनलाई अनलाइन विक्रेताको रूपमा काम गर्नु पर्ने बताएका थिए। त्यसको लागि लगभग ४० हजार हङकङ डलर उनले तोेकेको बैंक खातामा जम्मा गर्न सुझाव दिए। जब नेपाली युवकले उनले भनेबमोजिम पैसा जम्मा गराए। तब उनी सम्पर्कबिहीन भए।

नेपाली युवकको उजुरीपछि प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ। तर अहिलेसम्म कोही पनि पक्राउ नपरेको स्थानीय मिडियाले जनाएको छ।





Comments

comments

68749