Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

संसद कर्मचारीले महिनामा कति कमाउंछन्?

सभासद्ले मासिक कति तलबभत्ता बुझ्छन् ? धेरैलाई थाहा होला तर संसद् सचिवालयका तल्लो तहका कर्मचारीले बुझ्ने तलबभत्ता सुन्ने जोसुकैले जिब्रो काढ्छन् ।

किन कि, सचिवालय आफैंले निर्णय गर्न पाउने संसद् कर्मचारीको तलबभत्ता अन्य निकायमा कार्यरत निजामती कर्मचारीको भन्दा अत्यधिक बढी छ। यहाँसम्म कि सभासद्को तलबभन्दा बढी तलब भत्ता संसद्का कार्यालय सहयोगीले नै बुझ्छन्।

सचिवालय व्यवस्थापिका संसद्का सबै कर्मचारीलाई तलबबाहेक ८० प्रतिशत अतिरिक्त प्रोत्साहन भत्ता, दैनिक ६ सय खाजा भत्ता र बिदाको दिनको ७ सय ५० रुपैयाँ खाजा भुक्तान गर्छ।

सभासद्को मासिक तलब ४० हजार १ सय ६० रुपैयाँ छ। संसद्का कार्यालय सहयोगी पदका कर्मचारीले भने मासिक ४१ हजार तीन सय ६४ रुपैयाँ बुझ्छन् । उनीहरुको न्यूनतम तलब १२ हजार ९ सय ८० मात्र हो तर त्यसमा ८० प्रतिशत भत्तावापतको १० हजार ३ सय ८४ र खाजा खर्चबापत दैनिक ६ सयका दरले १८ हजार रुपैयाँ थपिन्छ। सार्वजनिक बिदाको थप रकम जोडिँदा त्यसले सभासद्को तलबलाई उछिन्छ। आजको नागरिक दैनिकमा खबर छ ।

सचिवालयका खरिदार तहका कर्मचारीको न्यूनतम तलब स्केल १७ हजार सात सय ३० छ। उसले ८० प्रतिशत भत्ताबापत १४ हजार १ सय ८४ र खाजा खर्चबापत १८ हजार गरी ग्रेडबाहेक कम्तीमा ४९ हजार ९ सय १४ रुपैयाँ बुझ्छ।

छुटाउंनु भयो कि - Tai Tong Park मा BBQ पार्टी खाना जाँदा.. (हेर्नुहोस् हङकङको भिडियो भ्लग)




Comments

comments

Leave a Reply

7006