Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

यसकारण ओसामाको मृत्यु प्रमाणपत्र उनका छोरालाई दिइएन

एजेन्सी, केही वर्षअघिदेखि अमेरिकीलगायतका गोप्य दस्तावेजहरु सार्वजनिक गरी हंगामा मच्चाएको विकिलिक्सले साउदी अरबका ६० हजारभन्दा बढी सरकारी दस्ताबेज सार्वजनिक गरेको छ।

शनिबार सार्वजनिक दस्ताबेजमध्ये एउटामा ओसामा विन लादेनका एक छोराले अमेरिकासँग आफ्नो बाबुको मृत्युको प्रमाणपत्र मागेका थिए।

साउदी अरबमा रहेका अमेरिकी राजदूतावासका काउन्सिल जनरल ग्लेन किसरले लादेनका छोरा अब्दुल्लाह खबिन लादेनलाई २०११ सेप्टेम्बरमा लेखेको पत्रमा उनलाई लादेनको मृत्यु प्रमाणपत्र दिन नसकिने उल्लेख छ। पाकिस्तानमा अमेरिकी हमलामा लादेनको मृत्यु भएको करिब चार महिनापछि अमेरिकी दूतावासले यस्तो जवाफसहितको पत्र लादेनका छोरा अब्दूल्लाहलाई पठाएको समाचार नयाँ पत्रिका दैनिकमा छ।

जवाफमा काउन्सिलर किसरले लादेनको मृत्युको प्रमाणपत्र नै तयार नभएको लेखेको थिए। उनले त्यसको कारण सैन्य अभियानमा मारिने मानिसहरुको मृत्यु प्रमाणपत्र जारी गर्ने नगरिएको पनि उल्लेख गरेका छन्।





Comments

comments

Leave a Reply

7123